देउवाले राष्ट्रपतिलाई तिमी भनेपछि प्रधानमन्त्री आक्रोशित (भिडिओ)

२०७८ जेष्ठ ८, शनिबार १७:५८ गते २०७८ जेष्ठ ८, शनिबार १७:५८ गते २०७८ जेष्ठ ८, शनिबार १७:५८ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ति जनाएका छन्।देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाले थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् ।

बालुवाटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाएई तपाईँसम्म भनिएको छैन । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ?”

उनले जनताका छोराछोरीलाई तपाईं पनि भन्न हुँदैन ? भन्दै प्रश्न गरेका छन् ।“असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन् । अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्छन्,” उनले भने, “कांग्रेस सभापतिको भाषाको स्तर देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको छ भन्ने अचम्म लाग्छ ।”

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १५ वर्षमा बोलेका कुरा र लगाएका आरोप पनि नेपाली संस्कारसँग मेल नखाने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *