९४ वर्षकि यी बुढी आम जो भुत घरमा एक्लै बस्नुहुन्छ, रातभरि भुतले तर्सार खपिसक्नु पार्दैन (भिडियो हेर्नुस्)

२०७८ जेष्ठ ८, शनिबार २२:२९ गते २०७८ जेष्ठ ८, शनिबार २२:२९ गते २०७८ जेष्ठ ८, शनिबार २२:२९ गते

यी हुन ९४ वर्षिय बुढी आमा । सानो झुपडीमा एक्लै बस्नुहुन्छ । गुल्मी जिल्लाकी यी आमाको मन छुने कथा आजको शृङ्खलामा प्रस्तुत गरेका छौ ।उहाँ यो भत्किएको झुपडीमा बस्नुहुन्छ । घर को छानो छैन । पानी पर्दा सबै चुहिएर ओछ्यान नै भिज्दो रहेछ । रातभरी भुतले तर्साएर सुत्न दिदैन आमालाई ।

सानैमा बिहे गर्नु भएको रहेछ आमाले । सासू ससुरा सबै अन्धाअन्धी थिए रे । बेहुली भएर घर आउदा अन्नको दानो थिएन । साग र सिस्नु खोजेर खाए ।कसैले सहयोग गर्द्दैनन थिए । माईतबाट नै अन्न लिएर बनाएर तुल्याएर सासू ससुरालाई खुवाउथे, श्रीमानले समेत सौता हालिदिए ,धेरै दुख गरे बाबू भन्दै आफ्नो बिगत सम्झिनु भयो आमाले ।

अहिले पनि यो कहालिलाग्दो जङ्गल छेउमा आमा एक्लै बस्नुहुन्छ । बारिमा मकै लगाएर सकिनसकी गरेर खानुहुन्छ । यी बुढी आमालाई अरुको अन्डरमा बस्न मन लाग्दैन । जति सक्छु गरेर खान्छु,कसैको पाउ पर्दिन बाबू,उ बेला त डराईन अब कति नै बाच्छु र अरुको शरणमा जाउ भन्दा हाम्रा पनि आँसु झरे ।

उमेरले बुढी भएपनी आमा जागरिली ,टाठी स्वभाबकी हुनुन्छ । हसिलो अनुहार पार्दै आफ्ना थुप्रै बेदनाहरु सुनाउनु भयो । एक्लै बस्दा दिनभरी त ब्यस्त नै हुन्छु तर राती यो घरमा तर्साएर सुत्न सक्दिन भन्नुहुन्छ । आफ्नो घर छोडेर कहाँ जाउ,कसैको सहायता लिन पनि कोहि छैनन आमाको ।

अब बुढी आमालाई जिन्दगिमा थुप्रै कुरा गर्ने रहर छैन । घरको छानो ठिक भए हुन्छ,मुख बोलाउ साथी भए र बिहान बेलुकाको गर्जो टार्न पाए हुन्छ । उहाको दुख देखेर हामिले पनि उहालाई सहयोग गर्यौ । बिचरी आमालाई बस्ने बाँस,कपास र गासको ब्याबस्था गर्न सकियो भने खुशी हुनु हुनेछ । अब प्रस्तुत छ भिडियो सामाग्री :

Leave a Reply

Your email address will not be published. Required fields are marked *