जन्मदिन बिशेष आमा प्रति समर्पित मन छुने लेख : जानकी पन्त

२०७८ जेष्ठ ९, आईतवार ०९:३६ गते २०७८ जेष्ठ ९, आईतवार ०९:३६ गते २०७८ जेष्ठ ९, आईतवार ०९:३६ गते

सन्तानका लागि आमा हुन्छिन सधै ममतामयी सरोवरी, लाखौ कोशिस गरून तथापी अरू कोहि बन्न सक्दैनन आमा सरी। छन् अनेकौ महान शब्द यो जगत भरि तर आमा भन्दा अर्को उत्कृस्ट शब्द छैन कहिँ शव्दकोष भरी। छन् अनगिन्ति सुन्दर व्यक्तिहरु यो संसार भरी तर आमा जस्तो सुन्दर व्यक्ति छैन अरु कोहि यो जग भरी।। छन् कैयेउ प्यारा नाता यो संसारमा वारिपरी तर आमा जस्तो प्यारो र पवित्र नाता छैन यो जगतमा केहि गरि!

सन्तान जस्तै कुपुत्र र कुपुत्री भएपनि आमा कतै कहिल्यै कुआमा हुदैनिन सन्तानका लागि। आमा भए घर त्यसै सम्पन् र सुन्दर लाग्छ। आमाकै कोमल स्पर्शमा स्वर्गीय आनन्द आउछ!
सानो होस या ठूलो गल्तिमा माफ दिने मात्र एक हुन् आमा! सबैको जीवनको पहिलो निस्वार्थ प्रेम हुन् आमा! आफ्नो आँखाले सारा सन्सार देखाउने देबी हुन् आमा! यो धर्तिमा ताते ताते गरि पाइला टेकाउने सारथी हुन् आमा! आफ्नो बात्स्ल्याता लुटाई स्तनपान गराउने देबी हुन् आमा ! हरेक दु:ख कस्ट सहेर यो धर्तीमा हामीलाई जन्म दिने महान देबी हुन् आमा!

आफ्नो जीवन र मृत्युको कतै परवाह नगरी सानो निर्जीव पिण्ड भित्र सहजै प्राण भर्छिन आमा! आफु जोखिममा परेर सन्तानको उद्धार गर्छिन आमा! आफ्ना सन्तानका लागि कर्मठ, सहनशील र स्वार्थहिन बन्छिन आमा ! आफ्ना सन्ततीमा बराबर ममता, श्रद्धा र सद्भाव बाडछिन आमा। छातिबाट अमृत रसको छहरा बगाई जीबन संचार गर्छिन आमा। जस्तै दुष्ट कपुत सन्तान भएपनि सधै उत्तिकै भलो सोच्छिन आमा!

यो संसारमा सबैको लागि आमा शब्दनै आहा कति महान छ, आहा कति प्यारो छ! सृष्टि फुलाउने ह्रदयको स्वर्गीय झन्कार हुन आमा ! आफ्नो रसले सृजना गरी आकार बनाउने कलाकार हुन आमा! जगतकै स्रष्ठा संग्रहको जग हुन् आमा।

आमा नभए हुदैन रचना कसैको पनि यो संसारमा। आमाकै प्रिय कोख बाट जन्म लिन्छन सबैले यहाँ ! आमा बिना बन्छ जीबन टुहुरो यो जगतमा !

अन्तमा,
मलाई लाग्छ आमाको महानताको पुरा बर्णन अहिले सम्म कसैले लेखेर या बोलेर गर्न सकेको छैन! आमाको बारेमा जति लेखे या बोले पनि त्यो अधुरो नै रहन्छ.. जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी… जय जननी💕🌹✊🙏
मेरो जन्म दिन बिशेष यस रचना सम्पूर्ण ममतामयी आमा हरुमा समर्पण गर्दछु💕😇🌹🙏🙏
#janakipantjoon
#dedicatedtoallmothers
#birthdayspecial

Leave a Reply

Your email address will not be published. Required fields are marked *