राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा एक बानेश्वरबाट पक्राउ

२०७८ जेष्ठ ९, आईतवार १२:२८ गते २०७८ जेष्ठ ९, आईतवार १२:२८ गते २०७८ जेष्ठ ९, आईतवार १२:२८ गते

संसद् विघटन गरेको भनेर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल विद्यार्थी संघले सञ्चालन गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दोलन क्रममा नेता त्रिपाठीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । यसैबीच, त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन्।

‘मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्ध प्रतिकात्मक विरोधस्वरूप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय छ,’ नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै विनासर्त तत्काल रिहाइको लागि जोडदार माग गर्दछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *