प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ।
स्थानीयका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ । अन्य ४ छोरीहरू भने अर्काे कोठामा सुतेको हुँदा सकुसल छन्। घर शनिबार राति एक्कासी भत्किएको थियो।
फाइल तस्विर
मृतकको शब पोष्टमार्टमका लागि बिजुवार ल्याउने तयारी भईरहेको छ । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो । प्रहरी बिहान अबेला घटना स्थलमा पुगेको थियो ।
यस्तै डोटीमा भिरबाट ल’डेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।
गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस का’ट्न गएको समयमा भिरबाट ल’ड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।