प्रयोग गर्न जान्ने हाे भने स्वास्थ्यकाे लागि रामवाणकाे काम गर्छ पुदिना, यस्ता छन् तरिका…,(भिडियाेमा हेर्नुस्) । पुदीनाको प्रयोग स्वाद र औषधीको लागि गरिन्छ तर यसलाई खासगरी गर्मीमा खाँदा धेरै फाईदा दायक हुन्छ। यो गर्मीमा थाहा पाउनुहोस् पुदिनाको प्रयोग गर्नुको फाईदा ! यस्ता रहेका छन् प्रयाेग गर्ने तरिका:-
१) गर्मीमा पुदिनाको अचार सधैँ सेवन गर्नाले स्वास्थ्यमा फाईदा हुन्छ । पुदीना, मरिच, हींग, विरे नुन, किसमिस , जीरा,छोकडा सबै मिसाएर अचार पिस्नुहोला । यो अचारले पेटको रोगलाई कम गर्छ र स्वादिष्ट हुन्छ। भोक नलाग्नु वा अरुचि हुँदा यो अचार खानुहोला । २) पुदिना वा अदुवाको रस महमा मिसाएर खाँदा खोकी ठीक हुन्छ ।
३) पुदिनाको नियमित रूपले सेवन गर्नाले जन्डिस जस्ता रोगबाट बच्न सक्षम हुनुको साथै मूत्र रोग जस्ता समस्याको लागि निकै लाभदायक हुन्छ । पुदिनाको पात पिसेर पानी र कागतीको रससँग पिउनाले शरीरको आन्तरिक सफाई हुनेछ । ४) पुदिनाको पातको लेप लगाउनाले कैयौँ प्रकारको रोगबाट छुटकारा पाउन सकिन्छ । यसको लेपले घा-उ निको हुन्छ ।
५) पेटको गर्मीलाई कम गर्नको लागि पुदिनाको प्रयोग निकै फाईदादायक हुन्छ । यसबाहेक पेट सम्बन्धित अन्य समस्याबाट पनि राहत पाउन सकिन्छ । यसले कुनै पनि अन्य असर हुदैन । ६) यदि तपाईलाई बारम्बार टंसिल्स हुन्छ भने पुदिनाको रसमा सादा पानी मिसाएर पिउँदा फाइदादायक हुनेछ ।
७) दिनभरी बाहिर बस्ने व्यक्तिलाई पैताला पोल्ने समस्या हुन्छ त्यसकारण फ्रिजमा राखेको पुदिनालाई पिसेर पैतालामा लगाउनुहोला । यसरी पैतालामा लगाउदा पोल्न कम हुन्छ । ८) सुख्खा वा गिलो पुदीनाको छाछ , दही, काँचो आँप मिसाएर पिउँदा पेट पोल्ने समस्या कम हुन्छ । तातो हावा र हीटस्ट्रोकबाट पनि सुरक्षा हुनेछ ।
९) यदी तपाईलाइ लगातार हिचकीको समस्या हुन्छ भने पुदिनामा चीनी मिसाएर बिस्तारै चपाउनुहोला। केहि क्षणमा हिचकीबाट छुटकारा पाउन सकिन्छ । १०) यस बाहेक गर्मीमा पुदिनाको लेप अनुहारमा लगाउनाले छालाको ताप समाप्त हुन्छ र ताजा अनुभव गर्नुहुनेछ ।