घाइते भएकी २८ वर्षकी मनमायाको काठमाडौंमा उपचारका क्रममा मृत्यु

२०७८ जेष्ठ ९, आईतवार २३:१४ गते २०७८ जेष्ठ ९, आईतवार २३:१४ गते २०७८ जेष्ठ ९, आईतवार २३:१४ गते

सर्लाहीको राजघाटमा ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। बागमती खोलाबाट गिट्टी बालुवा लिएर आउँदै गरेको ना६त ९८०८ नम्बरको ट्रयाक्टरले गएको सोमबार बागमती नगरपालिका-५ खाल्टेमा ठक्कर दिँदा वडा नम्बर ६ राजघाटकै गणेश बहादुर मगरकी २८ वर्षकी श्रीमती मनमाया गम्भीर घाइते भएकी थिइन्।

काठमाडाैंस्थित बिएण्डबी अस्पतालमा उपचार क्रममा उनको हिजै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जनाए। तर मृतकका आफन्तका अनुसार ठक्कर दिने ट्याक्टर भगाएर अर्कै ट्याक्टर उपस्थित गराएर घटनालाई ढाकछोप गर्ने प्रयास भएको आरोप लगाएका छन्।

यस्तै महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उहाँको मृत्यु भएको हो ।

गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएकोे छ । आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *