नेपालमा भेटियो भा´इरससँग ल’ड्न सक्ने प्रचुर क्षमता भएको जडीबुटी… !

२०७८ जेष्ठ १०, सोमबार १२:५६ गते २०७८ जेष्ठ १०, सोमबार १२:५६ गते २०७८ जेष्ठ १०, सोमबार १२:५६ गते

काठमाडौँ। नेपालका वनस्पतिविज्ञ तथा अध्येताले गरेको अध्ययनमा नेपालका जडीबुटीमा भा´इरससँग ल’ड्न सक्ने प्रचुर क्षमता रहेको पाइएको छ । नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औ’षधिजन्य जडीबुटी पाइन्छन् ।

नेपालका परम्परागत चिकित्सामा प्रयोग हुने ४१ प्रजातिका जडीबुटीका भाइरसवि´रोधी क्षमताको अध्ययन भएको छ । ती औषधीय गुण भएका जडीबुटी २७ परिवारसँग सम्बन्धित छन् । एन्टी भा´इरस, एन्टी हर्पस र एन्टी इन्फ्लुएन्जाका तìव तिनमा पाइएको छ  ।

गोरखापत्र दैनिकमा यो खबर छ । जर्मन सहयोगमा करिब पाँच वर्ष लगाएर गरिएको अध्ययनमा सो कुरा उल्लेख छ । सन् २००९ मा प्रकाशित सो अध्ययनको निष्कर्षले नेपालका जडीबुटीमा भाइ´रससँग ल’ड्न सक्ने प्रचुर क्षमता देखाएको छ । हर्पस सिम्प्लेक्स भाइरस (एचएसभी–१) र ‘इन्फ्लुएन्जा भाइ´रस ए’ विरुद्ध नेपालका जडीबुटीले ल’ड्नसक्ने तथ्य त्यस अध्ययनले बताएको छ तर त्यसको उपयोग नेपालको चिकित्सा क्षेत्रले प्रत्यक्ष गर्न सकेन ।

भाइरलविरुद्ध ल’ड्नसक्ने आठवटा मुख्य जडीबुटीमध्ये पाखनवेद र बेदाङ्गो अर्थात् गाने गुर्जोले दुवै खालका भा´इरससँग ल’ड्नसक्ने रासायनिक तìव बोकेका छन् । गाउँघरमा पाखनभेदलाई जन्ती फूल, सेलपारु, सिम्पाटी, नामले चिनिन्छ । वेदाङ्गोलाई बूढोओखती, ठूलो ओखती भनेर चिनिन्छ । यो उच्च हिमाली भेगमा पाँच हजार मिटरमाथि पाइन्छ । पाखनवेदले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने मान्यता राखिन्छ । नेपालको उच्च भूभाग ३५ सय मिरटमाथि यो पाइन्छ । ग्रामीण भेगमा पाखनवेदका जरा रुघाखोकी, ज्वरो, पखाला र सुत्केरी महिलालाई खुवाउने गरिन्छ ।

चिकित्सकीय उपयोगका लागि भएको त्यो अध्ययनले भाइरलसँग ल’ड््न सक्ने प्रमाणित गरेको त्रिभुवन विश्वविद्यालयका वनस्पति विज्ञ तथा अध्येयता मध्येका एक प्रोफेसर डा. प्रमोदकुमार झाले बताउनुभयो । उहाँका अनुसार अन्य छमध्ये आधाले एउटा र अर्को आधाले अर्कोथरि भा´इरससँग ल’ड्नसक्ने क्षमता राख्छ । वेदाङ्गो, पाखनवेदसहित क्यासियोप फास्टिगियाटा र थाइमस लाइनारिसले एचएसभी–१ भा´इरससँग ल’ड्नसक्ने क्षमता राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *