नेपालमा अझै पनि श्रीमती भन्दा श्रीमान् जेठो हुनुपर्छ भन्ने सामाजिक मान्यता रहिआएको छ । कुनैपनी धर्म, देशमा हेर्ने हो भने पनि श्रीमान् भन्दा श्रीमती कान्छो नै हुने गरेको पाईन्छ । कमै मात्रामा श्रीमान् भन्दा श्रीमती जेठी हुन्छन् । बरु श्रीमान् भन्दा श्रीमती धेरै कान्छो भएको धेरै नै भेट्न सकिन्छ ।
यसो त माया प्रेममा ठुलोसानो, धनिगरिव भन्ने हुदैन भन्ने मान्यता नै रहेको छ । जुन सुकै स्थानमा संस्कार जे भए पनि नेपालको कानूनमा जेठी संग बिबाह गर्न हुदैन भन्ने कुनै बन्देज पनि छैन । जेठी श्रीमती भए पनि विवाह दर्ता हुने नै गर्छ । तर पनि कमैले मात्र आफूभन्दा जेठीलाई बेहुली बनाएका छन् । तर कला क्षेत्रमा भने श्रीमानभन्दा जेठाहरूको सङ्ख्या राम्रैसँग पाउन सकिन्छ ।
विवाह बन्धनबाट मुक्त भएकी नायिका मनिषा कोइरालाले पनि आफूभन्दा ७ वर्ष कान्छा सम्राट दाहालसँग लगनगाँठो कसेकी थिइन् । आज हामीले कला क्षेत्रका त्यस्ता ५ अभिनेत्रीको बारेमा कुरा गर्नेछौ । जसको बिबाह आफू भन्दा कान्छा उमेरकासंग बिबाह भएको छ । सबैभन्दा पहिला कुरा गरौँ । गत २२ मङ्सिरमा धूमधामकासाथ विवाह गरेर चर्चामा आएकी नायिका श्वेता खड्काबाट ।
१. श्वेता खड्का-
अभिनेत्री श्वेता खड्काको विवाह व्यापारी बिजेन्द्रसिंह रावतसँग भएको हो । श्वेता आफ्नो श्रीमान बिजेन्द्र भन्दा उमेरमा जेठी छिन् । स्वताको बिबाह २०७७ साल मङ्सिर २२ गते धनगढीमा भएको हो ।
विकिपिडियामा उल्लेख भए अनुसार अभिनेत्री श्वेताको जन्म मिति सन् १९८९ फ्रेबुअरी ५ हो भने बिजेन्द्रको जन्म सन् १९९३ अप्रिल २ हो । यस अनुसार उनीहरू बीच ४ वर्षको उमेर ग्याप रहेको छ । बजारको कुरा पत्याउने हो भने श्वेता बिजेन्द्रभन्दा ६–७ वर्ष जेठी छिन् ।
२. प्रियङ्का कार्की-
अभिनेत्री प्रियङ्का कार्कीको बुबाह अभिनेता आयुष्मान देशराज जोशीसंग भएको हो । यो जोडीको बिबाह लामो समयको प्रेम सम्बन्धपछि २०७६ साल फागुन १७ गते भएको हो । समय समयमा चर्चामा आईरहने यो जोडीको उमेर ग्यापका कारणले पनि निकै चर्चामा आएका थिए ।
विकिपिडियामा उल्लेख भए अनुसार अभिनेत्री प्रियङ्का श्रीमान आयुष्मान भन्दा जेठी छिन् । प्रियङ्का सन् १९८७ फ्रेब्रुअरी २७ मा र आयुष्मान सन् १९९३ डिसेम्बर १७ मा जन्मिएका हुन् । यस अनुसार प्रियङ्का ३४ र आयुष्मान २८ वर्षका भए । उनीहरूको उमेर ६ वर्ष भन्दा बढी फरक छ ।
३. मेलिना मानन्धर-
कुनै समयकी चर्चित अभिनेत्री मेलिना मानन्धरले पनि आफु भन्दा कान्छासंग बिबाह गरिकी हुन् । सुन्दरी अभिनेत्री मेलीना मानन्धर आफ्नो श्रीमान मुकेश ढकालभन्दा जेठी छिन् । अहिले नयाँ म्युजिक भिडियो तथा फिल्ममा खासै देखिएको छैन ।
विकिपेडियाका अनुसार मेलिनाको जन्म मिति सन् १९७७ जनावरी २३ हो । जस अनुसार उनी ४४ वर्ष पुगिन् । तर उनका श्रीमान मुकेश भने ४० वर्ष मात्रै पुग्दै छन् । यस अनुसार हेर्ने हो भमे यो जोडीको उमेर ग्याप ४ वर्षको छ ।
४. निशा अधिकारी-
यस्तै अर्की चर्चित अभिनेत्री हुन् निशा अधिकारी । उनले राष्ट्रिय टिमका क्रिकेटर शरद भेषवाकरसंग विवाह बन्धन गरेकी हुन् । यो जोडीको बिबाह भएको ४ वर्ष भयो । यो जोडीले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
निशाको जन्म सन् १९८६ अक्टोबर ४ मा भएको हो भने शरदको जन्म सन् १९८८ अक्टोबर १९ मा भएको हो । अर्थात् निशा ३५ र शरद ३३ वर्ष पुगेका छन् । यस अनुसार हेर्ने हो भने नायिका निशा अधिकारी आफ्ना श्रीमान शरदभन्दा जेठी छिन् । उनीहरूको उमेर २ वर्षको फरक छ ।
५. बिपना थापा-
एक समयकी चर्चित नायिका हुन् बिपना थापा । बिबाह पछि भने यस क्षेत्रबाट टाढा बनिन् । उनि पनि आफ्नो श्रीमान भन्दा जेठी छिन् ।
विकिपेडियाका अनुसार सन् १९७७ अगस्ट २९ मा जन्मिएकी बिपना अहिले ४४ वर्ष पुगिन् । बिपनाका श्रीमान आशुतोष भारतीय हुन् । राजनीतिक परिवारका आशुतोष युवा राजनीतिज्ञ समेत हुन् । उनको श्रीमान् डाक्टर आशुतोष उनी भन्दा ५ वर्ष कान्छा छन् ।-विकिपेडिया र मेरो लाईफस्टाईलको सहयोगमा ।