स्विजरल्यान्डद्वारा नेपाललाई ९४ करोड रुपैयाँ बराबरको स्वा’स्थ्य सामग्री सहयोग

२०७८ जेष्ठ १०, सोमबार १५:५७ गते २०७८ जेष्ठ १०, सोमबार १५:५७ गते २०७८ जेष्ठ १०, सोमबार १५:५७ गते

काठमाडौँ — स्विजरल्यान्डले नेपाललाई कोभिड–१९ विरुद्ध लड्नका लागि ८० लाख अमेरिकी डलर (करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वा’स्थ्य सामग्री सहयोग गरेको छ ।

स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वा’स्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरेकी हुन् । स्विस दूतावासद्वारा जारी विज्ञप्तिअनुसार झन्डै ३० टन स्वा’स्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

नेपाललाई दिइएको स्वा’स्थ्य सामग्रीहरुमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् ।

राजदूत क्यापेलरले स्विजरल्यान्ड को’भिड –१९ महामारीविरुद्धको लडा’इँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् । नेपालले गरेको आग्रहमा स्वी’ट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *