आन्द्रामा पनि भेटियो ब्ल्याक फङ्गसको सङ्क्रमण

२०७८ जेष्ठ १०, सोमबार १६:३१ गते २०७८ जेष्ठ १०, सोमबार १६:३१ गते २०७८ जेष्ठ १०, सोमबार १६:३१ गते

काठमाण्डौ । ब्ल्याक फङ्गसको सङ्क्रमण (म्युकरमाइकोसिस) तीव्र रूपमा फैलिरहेको बेलामा भारतमा ब्ल्याक फङ्गस सङ्क्रमण आन्द्रामा पुगेका दुई बिरामी भेटिएका छन् । दिल्लीको सर गङ्गाराम अस्पतालमा कोभिडको उपचार गराइरहका बिरामीमध्ये दुई जनामा ब्ल्याक फङ्गस सङ्क्रमण आन्द्रामा पुगेको पाइएको हो ।

अस्पताल व्यवस्थापनका अनुसार ब्ल्याक फङ्गसको सङ्क्रमण आन्द्रामा पुगेका र आन्द्रा छेडेको यो पहिलो पटक हो । आन्द्रामा पुग्ने ब्ल्याक फङ्गसको सङ्क्रमणलाई ग्यास्ट्रो इन्टेस्टाइनल म्युकरमाइकोसिस भनिन्छ । जसलाई निकै दुर्लभ मानिने गरिन्छ ।

ग्यास्ट्रो इन्टेस्टाइनल म्युकर माइकोसिस देखिएको ५६ वर्ष र ६८ बर्षे उमेर बिरामीमा मधुमेहको समस्या थियो । अस्पतालका अनुसार ५६ वर्षको बिरामीमा सङ्क्रमण भएको पुष्टि हुनुअघि कोभिड उपचारका लागि स्टेरोइडको प्रयोग गरिएको थिएन । उक्त बिरामीमा कोरोनाका हल्का लक्षणहरू थिए । बिरामीलाई पेटको दुखाइ पनि भएका कारण एसिडिटीको औषधि पनि सेवन गरिरहेका थिए ।

तीन दिनसम्म घरमा औषधिको सेवनपछि सङ्क्रमणका लक्षण गम्भीर भएको र पेटमा असजिलो बढेपछि अस्पतालमा भर्ना भएका थिए । दोस्रो केसमा ६८ बर्षे उमेरका बिरामी कोरोनाबाट निको भइसकेका थिए र पछि उनले पेट दुखाइ र असजिलो भएको सङ्केत देखाएका थिए । उनलाई कोभिड उपचारका लागि स्टेरोइडको प्रयोग गरिएको थियो ।

अस्पतालमा सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी र लिभर ट्रान्सप्लान्टेसन विभागका वरिष्ठ सल्लाहकार डा. उषास्त धीरका अनुसार दुबैको सिटी स्क्यान गरेपछि उनीहरूको आन्द्रामा सानो प्वाल भएको पाइएको थियो । स्टेरोइडको प्रयोग नगरेका बिरामीमा समेत ग्यास्ट्रो इन्टेस्टाइनल म्युकरमाइकोसिस देखिएपछि मधुमेह भएका कोभिड बिरामीमा सङ्क्रमणको जोखिम उच्च हुने देखिएको छ ।

इन्टेस्टाइनल म्युकरमाइकोसिस धेरैजसो अग्र्यान ट्रान्सप्लान्टेसन गरेका बिरामीमा देखिने हुन्छन् । तर, सङ्क्रमण आन्द्रामा पुगेका दुई बिरामीमा निकै फरक देखिएको छ । उनीहरूले निकै हल्का लक्षण देखाएका थिए । इन्टेस्टाइनल म्युकरमाइकोसिसले पेट तथा ठूलो आन्द्रामा क्षति पु-याउँछ ।

भारतका अस्पतालहरूले राइनो–ओर्बिटल म्युकरमाइकोसिसका केसहरू रिपोर्ट गरिरहेका छन् । जसमा अनुहार सुन्निने, आँखा दुख्ने, आँखा दृष्टि धमिलो हुने वा दृष्टि गुम्ने, नाक बन्द हुने, नाकमा कालो पत्र बन्ने, नाकबाट कालो स्राव हुने, र मुखभित्र कालो हुनेजस्ता लक्षण देखापर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *