खत्रीले गरे दुई लाख एघार हजार सातसय बराबर स्वास्थ्य सामाग्री सहयोग

२०७८ जेष्ठ १०, सोमबार २१:२६ गते २०७८ जेष्ठ १०, सोमबार २१:२६ गते २०७८ जेष्ठ १०, सोमबार २१:२६ गते

काठमाडौं– लालबन्दी -९ घर भई कतारमा रही व्यवसाय गर्दै आएका दिनेश खत्री (पौडेल) ले २११,७०० (दुइ लाख एघार हजार सातसय) बरावरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएका छन् । विश्वव्यापी महामारी कोभिड -१९ बाट आक्रान्त नागरिकहरुको अवस्थालाई मध्येनजर गर्दै प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र मातहतका स्वास्थ्य चौकीमा कार्यरत फ्रन्ट लाइनका कर्मचारी, सेवाग्राही समेतको जीवन रक्षार्थ उनले उक्त सहयोग उपलब्ध गराएका हुन । उक्त स्वास्थ्य सामाग्री वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे र दानवीर खत्रीको परिवार मार्फत स्वास्थ केन्द्र प्रमुख डा. प्रगति राना लगायतलाइ हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण भएका सामाग्री हरुमा पीपीइ -३० थान, गाउन-३० थान, के एन ९५ माक्स २०० पिस ,थर्मल गन-१० पिस, सर्जिकल माक्स -४००० पिस, क्लोरिन पाउडर -१० केजी, टप ग्लब्स -३० प्याकेट, पल्स अक्सो मिटर -१० थान सेनिटैजर-१०० लिटर रहेका छन् । आज विहान एक कार्यक्रम गरी सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, कोभिड १९ र्यापिड रेस्पोन्स टिम सर्लाहीका सदस्य मनोज बख्रेल, लालबन्दी स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडा, सुदिप काफ्ले, स्वास्थ्य केन्द्रका डा. प्रगति राना, डा .हर्ष नारायण साह, एच ए राजकुमार सिंह, दिपेश कुमार पाख्रिन , वडा सदस्य सन्तोष पौडेल, ध्रुब केसी र दाताकी श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चाद्र्माया खत्री, काका काकी जगत बहादुर र खड्ग माया खत्री, भाउजु शान्ता पौडेल लगायतको उपस्थिति रहेको एच ए राजकुमार सिंहले जानकारी दिए ।कार्यक्रम माझ यस्तो विषम परिस्थितिमा आफ्नो कमाइबाट केहि रकम बचाई जीवन रक्षार्थ खर्च गर्ने खत्री परिवारलाई वडाध्यक्ष लगायतले आभार व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *