गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । पुष्प आचार्यको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । शंकर बिसीकै निर्देशक तथा कोरियोग्राफी रहेको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा.प्रतीक्षा पौडेलको अभिनय रहेको छ l भिडियोमा दुर्गा पौडेलको छायाँंकन, नविन घर्तीमगरको सम्पादन छ ।
