सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०७९ असार ९, बिहीबार २२:३६ गते २०७९ असार ९, बिहीबार २२:३६ गते २०७९ असार ९, बिहीबार २२:३६ गते

ाठमाडौं, असार – कंचनपुर, पुनर्वास नगरपालिका-६ नम्बर गाउँस्थित सडकमा से.४ प ५८७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही नगरपालिका-४ कार्गिल डाँडा बस्ने ४८ वर्षीय हरि प्रसाद जोशीको बिहीबार बिहान मृत्यु भएको छ । उक्त ोटरसाइकलले असार ५ गते ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, दुहवी नगरपालिका-३ बिधुत कार्यालयस्थितसडकमा प्रदेश २-०३-००१ ख २१०१ न्बरको ट्रिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-डेरा गरी बस्ने भारत बिहार सिपोल घर भएक ४० वर्षीया चन्द्रकला देवविश्वकर्माको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्तरी, हनुमाननगर कंकालिनगरपालिका-स्थित सडकमा ना.५ ख १८९८ नम्बरको बस अनियन्त्रित भई रोडबाटकरिब २० फिट तल झरेर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुले करिब ६० वर्षीया महिलाको घटनास्थमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसक सहचालक लगायत अन्य ११ जनामध्ये ६ जनाको भारदह अस्पताल, ५ जनाको स्थानिय मेडिकलमा उपचार भइरेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कालीकोट, तिलागुफा नगरपालिका-४ राँचुलीस्थित सडकमा प्रदेश ३-०१-०२४ च १७८५ नम्बरको जिप करिब य मिटर तल तिलाकर्णाली नदीको किनारामा खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक नवलपरासी (पश्चिम) खैरेनी घरभएका ४० वर्षीय विकास आलेको घटनास्थलमै मृत्यु भएको छ

दुर्घटनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *