काठमाडौं, ११ असार – कास्की, पोखरा महानगरपालिका-२५ हेम्जाबाट खोराकोमुख जाने भित्री सडकमा अविरल वर्षाको कारण शुक्रबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
नुवाकोट, शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित टोखा-छहरे सडक खण्डमा शुक्रबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट गुर्जेभञ्ज्यङबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
बाजुरा, बडिमालिका नगरपालिका-४ स्थित साफे-मार्तडी सडक खण्डमा शनिबार बिहान तिपडा खोलामा ढुङ्गामाटो तथा बालुवा थुप्रिन गई सडक अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
नवलपरासी (पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ सानो खहरे खोलास्थित सडकमा पुल निर्माणको लागि बनाइएको ड्राईभर्सन शनिबार बिहान वर्षाको कारण आएको बाढीले बगाउँदा सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
डोटी, दिपायल सिलगढी नगरपालिका-७ उडितोलास्थित दिपायल–साँफे सडक खण्डमा अविरल वर्षाका कारण शनिबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।
बाढी तथा पहिरो गएका स्थानामा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य समेत गरिरहेको छ ।