मृत अवस्थामा फेला

२०७९ असार १३, सोमबार ०८:५९ गते २०७९ असार १३, सोमबार ०८:५९ गते २०७९ असार १३, सोमबार ०८:५९ गते

काठमाडौं, १२ असार – कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-६  मिलन चोक बस्ने २८ वर्षीय यम बदुर श्रेष्ठ आफ्नै घरको आगनमा आइतबारमृत अवस्थामा फेला परेका छन् ।

मोरङ, उर्लबारी नगरपालिका-१ बयरडाँगीस्थित खेम बहादुर दर्नालको घरमा पाहुना आएका झापा दमक नगरपालिका-१ बस्ने ६६ वर्षीय नैनसिङ बिक घरको पछाडिआइतबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मि बस्ने १३ वर्षीय रबिन दाहाल सोही नगरपालिकास्थित अखाम्पुखोलाको दहमा आइतबार मृत अवस्थामा फेला परेका छन् । गत बुधबार घरबाट विद्यालयतर्फ हिडेका उनी हराई बेपत्ता भएछि खोजी गर्ने क्रममा उक्त खोलाको दहमा उनको शव फेला परेको हो ।

नुवाकोट, बिदुर नगरपालिका-२ तादी खोलाको पुलमुनी हाल नाम, थर, वतन नखुलेका करिब १६ वर्षीय पुरुषकोसडिगलेको अवस्थामा आइतबार फेला परेको छ ।

धादिङ, निलकण्ठ नगरपालिका-११ चरङ्गे दोभानस्थितआँखुखोला नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *