काठमाडौं, १८ असार – उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा बस्ने २६ वर्षीय अजय मल्लिकको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित गुहे खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा बेहोस भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएकोहो ।
धनुषा, जनकनन्दनी गाउँपालिका-६ कठाल बस्ने ३६ वर्षीय पशुपति साह बनियाको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने सरोज साह बनियाको घरको छानोको अलबेस्टर छाउने क्रममा करेन्ट लागेर छानोबाट लड्दा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रसुवा, नौकोण्ड गाउँपालिका-३ स्थित नौकुण्ड गाउँपलिकको कार्यालयमा नेटको तार जोडने क्रममा करेन्ट लागेर गोरखा आरुघाट गाउँपालिका-४ घर भएका २० वर्षीयप्रेम बरामको शुक्रबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिशुली अस्पताल नुवाकोटमाउपचारको क्रममा मृत्यु भएको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी डेरा गरी बस्ने कालिकोट पलाता गाउँपालिका-९ घर भएकी ३४ वर्षीया हजुरा बमको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । छतमा रहेको सरिया निकाल्ने क्रममा बिद्युतको तारमा सरियाले छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
काठमाडौं, १८ असार – बारा, सुवर्ण गाउँपालिका-७ समफुलवा बस्ने २० वर्षीयधिराज प्रसाद यादवको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै उनको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने २८ वर्षीय नेतालाल पंडित र सोही ठाउँ बस्ने भरोस यादवकी छोरी ८ वर्षीया रुबी कुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
खोटाङ, बाराहपोखरी गाउँपालिका-४ कोछाले बस्ने ४६वर्षीया चन्द्रमाया राउतको चट्याङ लागेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा सुतीरहेको अवस्थामा घर नजिकै गोठमा परेको चट्याङको झड्का लाग्दा उनको मृत्यु भएको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका-२ बालापुर बस्ने १९वर्षीया सुशिला थारुको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ पर्न जाँदा घाइते भएकी उनको संजिबनी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।