सुनका गहना तथा नगद चोरी गरेको अभियोगमा पक्राउ

२०७९ श्रावण २, सोमबार २३:३९ गते २०७९ श्रावण २, सोमबार २३:३९ गते २०७९ श्रावण २, सोमबार २३:३९ गते

ोरङ, २ साउन – सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ बस्ने १८वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिकामधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्नगहना तथा नगद चोरी गरेको घटनामा संलग्न उनलाई १ थान मंगलसुत्र, १ थान चेन, ४ थान झुम्का, १ थान लकेट, १२ आनाको औठी, १ थान तिलहरी तथा चाँदीको पाउजु र २ थान सिक्री सहित िल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी यसअघि पनि चोरी मुद्दामा सजाय पाएको खुल्न आएको छ ।

उनी उपर चोरी कसूरमा जिल्ला अदालत मोरङबा दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *