बुहारीले सासू–ससुरा हेर्नुपर्छ भने अब ज्वाइँलेपनि सासू–ससुरा पाल्नुपर्छ : सांसद पाण्डे

२०७९ श्रावण ५, बिहीबार १७:१४ गते २०७९ श्रावण ५, बिहीबार १७:१४ गते २०७९ श्रावण ५, बिहीबार १७:१४ गते

काठमाडौ साउन । नेपालको राष्ट्रिय राजनीतिमा बिन्दा पाण्डे एक चर्चित अनुहार हो । उहाँले लामो समय भइसक्दासम्म पनि विवाह गर्नुभएको छैन ।

नेकपा सांसद पाण्डे जेष्ठ नागरिकको स्याहारमा महिला र पुरुषलाई विभेद गर्न नहुने विचार राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो विषयमा पनि महिलालाई समस्या छ । जेष्ठ नागरिकलाई बुहारीले पाल्नुपर्ने तर ज्वाइँको दायित्व के हुने ?’

बुधबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा सांसद पाण्डेले यस्तो गुनासो पोख्नु भएको हो । संविधानले नै अंशमा छोरीको पनि उतिकै हक रहेका कारण संविधानविपरीत जान नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘परिवारको हक अन्तर्गत संविधानले नै सम्पत्तिमा समान हकको व्यवस्था गरेको छ ।

अरू स्थानीय तहमा अंश बण्डा हुँदा छोरीको छुट्याइएको छ कि छैन हेर्नु पनि पर्छ ।’ परिवारले नहेरेका जेष्ठ नागरिकलाई राज्यले उनीहरुको सम्पत्ति राखेर रेखदेख गनुपर्ने उहाँको तर्क छ ।

सम्पत्ति खाने तर जेष्ठ नागरिक नहेर्ने भन्ने कुरा उचित नभएको भन्दै यसतर्फ समितिको ध्यान जानुपर्ने उहाँले बताउनुभयो । जेष्ठ नागरिकलाई राज्यले हेर्नुपर्ने उहाँले बताउनुभयो ।

नर्सिङ होम र जेष्ठ नागरिक केन्द्रमा लगेर राखिएको छ भने त्यहाँ हेर्ने कर्मचारीको कति खर्च लाग्छ अन्तिममा त्यो खर्च उहाँको सम्पत्तिबाट उपभोग गरेर बाँकी रहेको मात्रै छोराछोरीले लिन पाउने व्यवस्था बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसदले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्षमाथिका जेष्ठ नागरिकलाई दिइने भत्ता अवैज्ञानिक भएको आरोप लगाए ।

नेपालीको सरदर आयुभन्दा माथिका जेष्ठ नागरिकलाई भत्ता दिनु अवैधानिक भएको उनीहरुको भनाइ छ । सांसदले ७० वर्षलाई घटाएर ६५ मा ल्याउन संसदले सरकारसँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *