गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयाे यस्ताे सम्झौता

२०७९ श्रावण ७, शनिबार ०८:४२ गते २०७९ श्रावण ७, शनिबार ०८:४२ गते २०७९ श्रावण ७, शनिबार ०८:४२ गते

काठमाडौँ गोल्डेन गेट कलेज फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको

शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्तसम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्

गेल्डेनगेटका ११ १२ कक्षाका विद्यार्थीहरूले मानविकी व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्युटिसियन हेयर ड्रेसिङ फेसियल हाउसमाअध्यापन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ।  राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेशगरेसँगै कलेज फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन्

कलेजका अध्यक्ष सिलवालले सम्झौतापश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दैआत्मनिर्भर बन्ने प्रोडक्ट हो, यो मोडेल सफल भयो भने अन्य संघ संस्थालाई पनि उदाहरणीय हुनेछ यस्तै यो सम्झौताले ब्युटीसीयन सम्बन्धी राम्रोजनशक्ति उत्पादन हुने उनले विश्वास व्यक्त गरे

त्यस्तै, फेसीयल हाउसकी प्रबन्ध निर्देशक शाहले सौन्दर्य क्षेत्रको प्रशंसा गर्दै यस क्षेत्रमा राम्रो स्कोप रहेको बताएकी छन् कलेजले  पाठ्यपुस्तकमा नै यीविषयहरू समावेश गरेर विद्यार्थीलाई थप तालिम लिनुपर्ने बाध्यतालाई अन्त्य गरेको धारणा व्यक्त गरिन् उनले भनिन, ‘बिगतका दिनमा कलेजपढिसकेपछि ब्युटीसीयन सिक्न चाहनेले छुट्टै तालिम लिनु पर्थ्यो , तर अहिले कलेजको पाठ्यपुस्तकमा नै यो विषय समावेश गरेको , जसले गर्दाविद्यार्थीले पढ्दा पढ्दै काम पनि गर्न पाउनेछन्

काठमाडौँको सुन्धारामा अवस्थित रहेको फेसियल हाउस देशकै उत्कृष्ट सैलुनहरू मध्ये नं ब्युटी सैलुनको रुपमा परिचित चाबहिल, बागबजार, सीटीसी मल, पोखरा सुर्खेतमा फेसियल हाउसको शाखा रहेको छन् फेसियल हाउसले छाला, कपाल सम्बन्धीका समस्यालाई ध्यानमा राखी चीन, मलेसिया, कोरिया थाइल्याण्डका कम्पनीसँगको साझेदारीमा थोक तथा खुद्रा कस्मेटिक्स सेवाका साथै ब्युटी एण्ड हेयर सम्बन्धी अध्यापन पनि गराउँदैआएको

विगत १५ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको गोल्डेनगेट इन्टरनेसनल कलेज देशकै उत्कृष्ट कलेज मध्यको एक कलेजमा गनिन्छ बत्तिसपुतलीमारहेको यस कलेजले विज्ञान, मानविकी व्यवस्थापन विषयमा अध्यापन गराउँदै आएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *