पाल्पामा बस दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे

२०७९ श्रावण ८, आईतवार १८:३५ गते २०७९ श्रावण ८, आईतवार १८:३५ गते २०७९ श्रावण ८, आईतवार १८:३५ गते

पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

बाग्लुङकाे बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।

गाडीमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *