नेपाली युवाको अनौठो आविष्कार : नयाँ जीपीएस प्रणाली, चालक निदाउदा समेत आफै ब्रेक लाग्ने !

२०७९ श्रावण ९, सोमबार १४:२१ गते २०७९ श्रावण ९, सोमबार १४:२१ गते २०७९ श्रावण ९, सोमबार १४:२१ गते

काठमाडौं। दैनिकी सहज बनाउन विभिन्न उपकरण विकास गर्दै आएको नेपाली स्टार्टअप ‘काइचो ग्रुप’ ले नयाँ जीपीएस प्रणाली ल्याएकाे छ। निजीदेखि सार्वजनिक तथा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सबै प्रकारका सवारीमा जडान गर्न सकिने याे प्रविधिकाे विस्तार कम्पनीले सुदूरपश्चिमबाट गरेकाे छ।

मिसन स्मार्ट बस, स्मार्ट सुदूरपश्चिम’ नाम दिएर कम्पनीले सुरु गरेको यस अभियान अन्तर्गत सुदूरपश्चिमबाट छुट्ने लामो दूरीका बसमा निःशुल्क जीपीएस प्रविधि सहितको दुर्घटनाबाट सचेत गराउने उपकरण जडान गरिएकाे छ।

सुदूरपश्चिममा हाल १५० वटा बसमा यो उपकरण जडान भइसकेको र ९०० बसमा जडान गर्ने लक्ष्य रहेको काइचो ग्रुपका संस्थापक सुमन पौडेलले जानकारी दिए।

हाम्रो जीपीएस प्रणालीमा सवारीलाई ट्रयाक गर्ने प्रणालीमात्र नभएर यसमा एक्सिडेन्ट अलर्ट सिस्टम अथवा काइचो भेहिकल प्रोटेक्सन सिस्टम पनि छ, जसले सवारी दुर्घटना हुन लागेको अवस्थामा अथवा सवारी चालक निष्कृय भएको अवस्थामा स्वत: गाडीमा ब्रेक लाग्न मद्दत गर्छ, उनले जानकारी दिदै भने।

सवारी चालक निष्क्रिय हुँदा अथवा निदाउँदा साथै गाडीलाई सामान्य झट्का लाग्ने बित्तिकै यो डिभाइसले सचेत गराउने उनको दाबी छ। साथै सवारी दुर्घटना भइहाले सम्बन्धित निकायमा तुरून्तै जानकारी पुग्ने पनि उनले बताए।

सार्वजनिक सवारीको हकमा यातायात समिति अथवा कम्पनीले आफ्नो सवारीलाई यो प्रणालीमार्फत ट्रयाक गर्न र दुर्घटनाबाट सुरक्षित राख्न सक्छन्, उनले भने, सवारी कहाँ पुग्यो, कति बेला रोकियो, कति किलोमिटर गुड्यो अथवा कति स्पिडमा गुडिरहेको छ लगायतका जानकारी याे प्रविधिले उपलब्ध गराउँछ।

स्थानीय निकाय तथा सम्बन्धित संस्थासँगको सहकार्यमा याे प्रणाली निःशुल्क जडान भइरहेको समेत उनले जानकारी दिए ।प्रणाली जडान भएका बसहरूले सेवा नवीकरण गर्नका लागि भने मासिक ५०० रुपैयाँ बुझाउनुपर्ने हुन्छ।

अन्यको हकमा भने डिभाइस जडान गर्दा एकमुष्ठ रकम दिने वा मासिक रकम बुझाउने भन्ने हिसाबले भुक्तानी गरेर यो डिभाइस जडान गरी प्रयोग गर्न सकिने उनले बताए।चार युवाको ४० लाख रुपैयाँ लगानीबाट काइचोले यो परियाेजना सुरु गरेको हाे।

शिवको व्रत बस्नेलाई हुनेछ विशेष फलदायी, यी ६ राशिलाई मिल्नेछ शुभ फल: साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने चलन छ। ज्योतिष शास्त्र अनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।

हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ। साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ। महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।

हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ।

यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म कर्मको महिनाका रूपमा लिइन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ।

सोमबारको व्रत विधि पनि अन्य व्रत जस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ। तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ। व्रत गरेको दिन बेलुका एक पटक सात्विक भोजन गरिन्छ। यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।

यो पटकको साउनमा अद्भूत संयोग परेको छ। यस पटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ। ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो । साउनको ब्रतले धेरै राम्रो फल दिन्छ।

त्यसै पनि यस पाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ । साउनको ब्रत यी ६ राशि मेष राशि, वृष राशि, तुला राशि, धनु राशि, मकर राशि र मीन राशिका लागि फलदायी रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *