ताइवानको विषयमा सी र बाइडनद्वारा एक अर्कालाई चेतावनी

२०७९ श्रावण १२, बिहीबार १८:०३ गते २०७९ श्रावण १२, बिहीबार १८:०३ गते २०७९ श्रावण १२, बिहीबार १८:०३ गते

अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन् ,बेइजिङले भने राष्ट्रपति सी ले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र ‘आगोसँग खेल्ने मान्छे जल्ने’ चेतावनी दिएको जनाएको छ।अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्लापछि अमेरिका र चीनबीच तनाव थप बढेको छ।

अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ भने चीनले उनी भ्रमण अघि बढाए ‘गम्भीर परिणाम’ निम्तिन सक्ने चेतावनी दिएको छ।बाइडनले गत साता पत्रकारहरूसँग भ्रमणमा जाने कुरा ‘सेनाले राम्रो नहुने सोचेको’ बताएका थिए।तर उनको ह्वाइट हाउस प्रशासनले भ्रमणबाट चीनले गरेको चर्चा ‘अनावश्यक र असहयोगी’ भएको उल्लेख गरेको छ।

Biden and Xi Phone Call to Discuss Taiwan Tensions

उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पलोसी ताइवान गएमा उनी सन् १९९७ पछि उक्त क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनेछिन्।बिहीवारको टेलिफोन संवाद ‘प्रत्यक्ष र इमानदार’ भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए।बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए। तर बाइडन राष्ट्रपति भएपछि दुई जना नेताको भेट भएको छैन।

चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ र यो देशकै एक भूभाग बन्नुपर्ने ठान्दै आएको छ। यसका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई पनि चीनले अस्वीकार गरेको छैन।तर वासिङ्टनले ताइपेईको कूटनीतिलाई एक चीन नीति अन्तर्गत स्वीकार गरेको छैन। अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियार विक्री गर्दै आएको छ।ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो।बाइडन प्रशासनले यसअघिका राष्ट्रपति ट्रम्पको कार्यकालमा चिनियाँ सामानको आयातमा लगाइएको कर अन्त्य गर्ने विषयमा छलफल गरिरहेको छ। यस्तो कदमले अमेरिकामा बढ्दो महँगीलाई राहत मिल्ने बाइडन प्रशासनको दाबी छ।

तर एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार बाइडनले उक्त विषयमा सीसँग छलफल गरेनन्।बाइडन र सी दुवैले खुला द्वन्द्वबाट अलग रहन चाहेको बीबीसीकी अमेरिकी परराष्ट्र मन्त्रालय संवाददाताले उल्लेख गरेकी छिन्। तर दुवैले एक अर्काको प्रतिस्पर्धी ठान्ने कथनबाट अलग गर्न प्रयास गरेका छैनन्। बिहीवारको टेलिफोन संवादले पनि दुई नेताबीचको विरोधाभास देखाएको छ।भेटबारे एकदमै छोटो वक्तव्यमा ह्वाइट हाउसले वार्तालाई ‘जिम्मेवार रूपमा मतभिन्नताहरू व्यवस्थापन गर्ने’ र ‘चासो मिल्ने’ ठाउँमा सहकार्य गर्ने प्रयासको एक अङ्ग भएको उल्लेख गरेको छ।बेइजिङले जारी गरेको अलि लामो वक्तव्यमा दुई नेताका धेरै चासोहरू मिलेको जनाएको छ। तर उसले सम्बन्ध खराब बनाएको आरोप अमेरिकामाथि लगाइको छ।बेइजिङले बाइडन प्रशासनले चीनलाई ‘प्राथमिक प्रतिद्वन्द्वी’ र ‘गम्भीर दीर्घकालीन चुनौती’ को रूपमा हेरेको भन्दै आलोचना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *