बढ्यो सुनको मूल्य : हेर्नुहोस आजको दर

२०७९ श्रावण १३, शुक्रबार १३:५७ गते २०७९ श्रावण १३, शुक्रबार १३:५७ गते २०७९ श्रावण १३, शुक्रबार १३:५७ गते

साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ छ । बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय र तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ थियो ।यस्तै चाँदीको मूल्य १ हजार २२० रुपैयाँ प्रतितोला कायम भएको छ । बिहीबार चाँदीको मूल्य १ हजार १८५ रुपैयाँ तोलाका कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *