काठमाण्डौ महानगरका मेयरको निश्कर्ष- फोहोर व्यवस्थापन मुख्य चुनौति

२०७९ श्रावण १५, आईतवार १४:०४ गते २०७९ श्रावण १५, आईतवार १४:०४ गते २०७९ श्रावण १५, आईतवार १४:०४ गते

देशका ६ वटै महानगरपालिकामा अहिले मुख्य चुनौति फोहोर व्यवस्थापन रहेको महानगर सम्मेलनको निश्कर्ष रहेको छ।पोखरा महानगरपालिकामा सम्पन्न सबै महानगरका मेयर, उपमेयर र प्रशासकीय अधिकृतहरूको सम्मेलनमा धेरै समय फोहोर व्यवस्थापनकै विषयमा चर्चा भएको छ। ‘मेट्रो मिट’ नाम दिइएको दुई दिने सम्मेलनमा फोहोर व्यवस्थापन नै चुनौतिका रुपमा रहेको सबै महानगरका मेयर तथा उपमेयर सुनाएका छन्।

फोहोर व्यवस्थापनलाई साझा चुनौतिका रुपमा लिएर अघि बढ्ने निश्कर्षमा पुगिएको सम्मेलन आयोजक पोखराका मेयर धनराज आचार्यले बताए। “यो सम्मेलनमा सबैको साझा समस्या भनेको फोहोर व्यवस्थापन देखियो,” आचार्यले भने, “फोहोरलाई कसरी प्रभावकारी र समय सान्दर्भिक व्यवस्थापन गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित रह्यौं।”

विगतमा राम्रोसँग फोहोर व्यवस्थापन नहुँदा अहिले समस्या थपिँदै गएको उनको भनाइ छ। “हिजोका सरकारले फोहोर निश्चित ठाउँमा लगेर पुर्ने गर्दै आएको थिए, तर अहिले हाम्रो माझमा पुनःप्रयोग, नयाँ उत्पादन सहित फोहोर व्यवस्थापन प्रविधि आवश्यक रहेको छ,” आचार्यले भने, “यसैमा केन्द्रित रहेर सम्मेलनमा एउटै घारण बनायौं, अनुभव साटासाट ग¥यौं।”

यससँगै महानगरबाट प्रवाह हुने सेवा, काम, कारबाही तथा विकास, निर्माणका कामलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको आचार्यले बताए। महानगर सम्मेलनले सात बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ।

सम्मेलनमा पोखराका मेयर आचार्य र उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, विराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम सहभागी थिए।एजेन्सी। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *