अर्थमन्त्रीमा जनार्दन शर्मा दोहोरिने कुरामा अर्थसचिव मरासिनी सम्पर्कबाहिर

२०७९ श्रावण १५, आईतवार १६:४९ गते २०७९ श्रावण १५, आईतवार १६:४९ गते २०७९ श्रावण १५, आईतवार १६:४९ गते

काठमाडौँ– बजेटगेट प्रकरणमा सफाइ पाएका जर्नादन शर्मा आइतबार अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर भएका छन्।शर्माको पुनर्नियुक्ति हुने दिन आइतबार मरासिनी सञ्चारसम्पर्कमा आएका छैनन् भने उनको सचिवालयले उनी औपचारिक कार्यक्रममा व्यस्त भएको जवाफ दिएको छ। उनले प्रयोग गर्दै आएको मोबाइल स्विच अफ छ।

अर्थसचिवको सचिवालयले भने मरासिनी मन्त्रालयकै आयोजनामा पोखरामा आयोजित एक कार्यक्रममा व्यस्त रहेको दाबी गरेको छ।शनिबार पोखरा गएका उनी सोमबार काठमाडौँ फर्किने अर्थसचिव सचिवालयले देशसञ्चारलाई जानकारी दियो।अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले सचिव मरासिनी मन्त्रालयमा नभएको बताए।

उनले भने– अर्थसचिवज्यू मन्त्रालयमा हुनुहुन्न तर बिदामा हुनुहुन्छ कि कार्यक्रममा जानुभएको हो भन्नेबारे मलाई जानकारी छैन।’चालु आर्थिक बर्ष २०७९/८०को बजेट निर्माणको क्रममा बजेटसँग असम्बन्धित व्यक्ति सहभागी गराएको आरोप लागेपछि मरासिनी शर्मासँग बसेर काम गर्न नसक्ने भन्दै बिदामा बसेका थिए।असार २२ गते शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएलगत्तै उनी काममा फर्किएका थिए।

यसबीच सचिव मरासिनीले माओवादीबाट अर्थमन्त्रीमा दाबी गरिरहेका बर्षमान पुनसँग पटकपटक भेट गरेका थिए। शर्माबिरुद्ध बनेको संसदीय समितिले अध्ययन पश्चात शर्मालाई सफाई दिएपछि शर्मा आइतबार फेरि अर्थमन्त्रीमा नियुक्त हुँदैछन्। उनले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्रीमा पुन: सपथ ग्रहण गर्दैछन्। एजेन्सी। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *