साउन १५ गतेको अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा स्रष्टालाई खिर खुवाएको छ । एमालेको साहित्य कला तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा कला, साहित्य क्षेत्रका स्रष्टाको उपस्थिति थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, संस्कृतिविद् जगमान गुरुङ, कलाकार किरण मानन्धरलगायत उपस्थित थिए ।
साउन १५ मा खिरखाने दिनको परम्परा कायम राख्नको लागि कार्यक्रम आयोजना गरिएको एमाले संस्कृति विभागका प्रमुख रघुजी पन्तले बताए । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेताहरू पनि सहभागी थिए ।