दक्षिण कोरियाले ५ सय विदेशीलाई पारिवारिक भिसा दिँदै

२०७९ श्रावण १६, सोमबार १८:१२ गते २०७९ श्रावण १६, सोमबार १८:१२ गते २०७९ श्रावण १६, सोमबार १८:१२ गते

१६ साउन, सोल । दक्षिण कोरियाले घट्दो जनसंख्या र कामदार अभावलाई पूर्ति गर्न दक्ष विदेशी नागरिकलाई पारिवारिक भिसा प्रदान गर्ने योजना ल्याउने भएको छ ।

कोरियामा वर्षेनि जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अभाव भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिसा प्रदान गरिने यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।यहाँको न्याय मन्त्रालयले स्थानीय क्षेत्र विषेशलाई लक्षित गरेर कोरियामा स्थायी बसोवास गर्न पाउनेगरी अक्टोवरदेखि एफ-२ भिसा प्रदान गर्न लागेको हो ।

त्यसकालागि यहाँका ग्रामिण क्षेत्रका उद्योगहरुमा श्रमसम्झौता गरी काम गर्नुपर्ने बताइएको छ । उक्त भिसा प्राप्तगर्ने विदेशीले स्थानिय तह अर्थात यहाँका ग्रामिण क्षेत्रका उद्योगमा कम्तिमा ५ वर्ष काम गर्नुपर्ने सर्तमा सहमत हुनुपर्ने उल्लेख छ ।उक्त भिसा प्राप्त गर्नका लागि कोरियाली भाषामा प्रविणता तहसम्मको दक्षता हाँसिल गरेको र औपचारिक शैक्षिक योग्ता स्नातक उत्तीर्ण हुनुपर्ने तोकिएको छ ।

यसरी भिसा प्राप्त गर्ने विदेशीले आफ्ना परिवारका सदस्यलाई सँगै ल्याउन पाउने तर पछि भिसा परिमार्जन गर्दै लैजान सक्ने वा नसक्ने भन्ने विषयमा अहिले परिक्षणकाल भएकाले उल्लेख गरिएको छैन ।उक्त योजनामा सहभागी हुन चाहने विदेशीले सरकारले तोकेका ८९ पालिकामार्फत आवेदन दिन सक्ने छन्।

मन्त्रालयले आवेदन हेरेर ग्रामीण स्तरका ५ क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ५ सय जना विदेशीलाई उक्त भिसा प्रदान गर्ने बताईएको छ । उक्त योजना १ वर्षसम्म परिक्षण्को रुपमा सञ्चालन गरिने छ ।यस्तै प्रकृतीका आप्रवासी भिसा योजना अस्ट्रेलिया र क्यानडालेपनि सञ्चालनमा ल्याएको र कोरियामा त्यसको प्रभावकारीता हेरेर आगामी वर्ष त्यसको समीक्षा गरेर मात्र अगाडि बढाइने बताइएको छ ।

यसअघि मानव अधिकारवादीहरुको चर्को दवावमा भिसा नभएका आप्रवासीका सन्तानको जन्मदर्ता गरी सेवा सुविधा प्रदान गर्न कोरिया सहमत भएको थियो । उनीहरुका बच्चाको जन्मदर्ता गरी दिने कानुन पनि कार्यान्वयनमा ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *