काेभिडकाे नि:शुल्क उपचारका लागि सरकारले ताेक्याे १७ अस्पताल

२०७९ श्रावण १६, सोमबार १८:२१ गते २०७९ श्रावण १६, सोमबार १८:२१ गते २०७९ श्रावण १६, सोमबार १८:२१ गते
Scientists wearing masks and gloves Holding a syringe with a vaccine to prevent covid-19

काठमाडौँ — काेभिड संक्रमितहरूको उपचारका लागि सरकारले १७ वटा अस्पताललाई जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हाे । असार ३१ गतेको निर्णय अनुसार मन्त्रालयले कोभिड संक्रमितको उपचारका लगि अस्पताल तोकेको जनाएको छ ।

यसका लागि प्रदेश १ मा कोसी अस्पताल (विराटनगर) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) लाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल (जनकपुर) र नारायणी अस्पताल (वीरगञ्ज) लाई उपचारको जिम्मा दिइएको छ ।

वाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), भरतपुर अस्पताल (चितवन), वीर अस्पताल (महाबौद्ध), त्रिवि शिक्षण अस्पताल(महाराजञ्ज), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (लगनखेल) लाई काेभिड उपचारका लागि तोकिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र धौलागिरि अस्पताल –बाग्लुङ), लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल(बुटवल) र भेरी अस्पताल(नेपालगञ्ज) लाई तोकिएको छ ।यस्तै कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र सुर्खेत प्रार्देशिक अस्पताल (वीरेन्द्रनगर) साथै सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल (डडेलधुरा) र सेती प्रादेशिक अस्पताल (कैलाली)लाई नि:शुल्क कोभिड संक्रमितको उपचार गराउने भन्दै सरकारले जिम्मा दिएको छ ।एजेन्सी। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *