टान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) को उम्मेदवारी

२०७९ श्रावण २८, शनिबार १२:५८ गते २०७९ श्रावण २८, शनिबार १२:५८ गते २०७९ श्रावण २८, शनिबार १२:५८ गते

ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० साउनमा हुने निर्वाचनमा कोषाध्यक्ष पदमा महिला उद्यमी प्रमिला देवकोटा(पाण्डे) ले उम्मेदवारी दिएकी छिन । पाण्डेले अध्यक्षका उम्मेदवार रामप्रसाद सापकोटा (कमल) को समुहबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिएकी हुन् ।

हिमालयन ग्लासियर ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि की निर्देशक पाण्डे विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छिन । सफल महिला उद्यमीको रुपमा परिचित पाण्डे ब्ल्याक डायमण्ड एक्सपीडिसन प्राली की प्रवन्ध निर्देशक, होटल इन्काउण्टर कि प्रवन्ध निर्देशक समेत हुन ।

सामाजिक सेवामा समेत सक्रिय पाण्डे चाईल्ड ईन्भाइरोमेण्टल नेपाल नामक संस्थाको महासचिव समेत हुन । उनको यो संस्थाले विशेषगरि बालबालिको शिक्षा र शैक्षिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । त्यसवाहेक उनको परिवार नै पर्यटन व्यवसायमा सक्रिय छ । लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन ।
कोषाध्यक्ष पदका उम्मेदवार पाण्डेले टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्दै संस्थालाई आर्थिक रुपमा सवल बनाउन पहल गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएकी छिन ।

‘नेपालको पर्वतीय पर्यटनमा महिलाहरुको सहभागीता कम भएको हालको अवस्थामा महिला उद्यमीहरु जन्माउन विशेष प्रोत्साहन हुने वातावरण निर्माण गर्ने पहल गर्नेछु’ पाण्डेले भनिन् ।

यसैगरी, उनले दीगो पर्यटन विकासको अवधारणालाई सघाउन गुणस्तरीय पर्यटन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने बताईन् । त्यसैगरी, हाल करको दायरामा नआएका ईन्टरनेशनल अनलाईन बुकिङ प्लेटफर्म (ओटिए) लाई करको दायरामा ल्याउन नीतिगत व्यवस्था गर्न सरकारसँग पहल गर्ने आफ्नो विशेष एजेण्डा रहेको उनले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *