काठमाडौ ।काठमाडौँको बुढानिलकण्ठमा मम्स पिज्जा स्टेशन सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले आज एक कार्यक्रमका बिच उद्घाटन गरेकी हुन् । महिलामैत्री वातावरण रहेको सो स्टेशनमा विशेष गरी नेपाली पिज्जालगायत अन्य परिकारहरु पाइनुका साथै ग्राहकको इच्छा अनुसारको परिकारहरु उपलब्ध हुने स्टेशनका सञ्चालक राज क्षेत्रीले बताएका छन् ।
विगत ५ वर्षेदेखि यस व्यवसायमा सक्रिय क्षेत्रीले यसअघि पनि दुई स्थानमा मम्स पिज्जा स्टेशनद्वारा ग्राहकलाई सेवा दिँदै आएकाे जानकारी दिएका छन् । स्वास्थ्यलाई ध्यानमा राखी हाइजेनिक परिकार पाउनुका साथै नन्अल्कोहल वेसमा रहेको उक्त स्टेशनमा सेवा लिन सबैलाई रेष्टुरेन्टका म्यानेजर राज श्रेष्ठले आग्रह गरेका छन् । पिज्जा स्टेशनको उद्घाटन समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका साथमा कलाकार आमेश भण्डारी, प्रेवश सब्बा सामाद, समाजसेवी तथा व्यवसायी सुशिल कुमार र अमृता भण्डारीको उपस्थिती रहेको थियो ।