काठमाडौँ । कोशीपारी फिलिम्स को प्रस्तुतिमा सुरज श्रेष्ठ र रश्मि तामाङको सुमधुर आवाजमा सजिएको आधुनिक गीत ‘मेरो जिवन तिमि हौ ’ हिजो सार्वजनिक गरिएको छ ।
कुमार सिंजालीको शब्द साथै बुद्ध स्याङ्गबाको संगीत रहेको यस प्रेमिल गीतमा प्रकाश श्रेष्ठ र संगीता श्रेष्ठको अभिनय देख्न सकिन्छ । धन बहादुर तामाङको निर्देशनमा तयार भएको यस आधुनिक विधाको म्युजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन् भने देवेन्द्र कार्कीद्वारा छायांकन गरिएको हो ।
हिजो मात्रै बजारमा आएको यस गीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको हुदा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।