विद्यार्थीलाई परामर्शसँगै रोजगारको पनि अवसर खोजिदिँदै स्टडी हब ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेज

२०७९ आश्विन १३, बिहीबार १६:२१ गते २०७९ आश्विन १३, बिहीबार १६:२१ गते २०७९ आश्विन १३, बिहीबार १६:२१ गते

काठमाडौं । चावहिल काठमाडौंमा स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेज सञ्चालनमा आएको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको यसले विद्यार्थीलाई बाहिर पठाउने मात्र नभई आवश्यक सल्लाह र परामर्श पनि दिने फाउण्डर डाइरेक्टर विजेन्द्रसिंह विष्टले बताए ।

२०६४ सालबाट सञ्चालनमा आएको स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजले विशेष गरी अष्ट्रेलिया पठाउँदै आएको छ । ‘अरु कन्सल्टेन्सीभन्दा हामी केही फरक छौं, अरुले बाहिरमात्र पठाउँछन् तर हामी भनें विद्यार्थीलाई के कस्तो सम्भावना छ भनेर त्यहाँ पनि खोजी गर्छौं र उपयुक्त अवसर दिन्छौं’ विष्टले भने ‘हामी अरुसँग प्रतिस्पर्धा गर्ने होइनौं, आफ्नो गुणस्तरीयता देखाएर विद्यार्थी र अभिभावकको विश्वास जितेर काम गर्छौं ।’

चावहिलको गणेशस्थानमा रहेको स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजले यूके, क्यानडा र अमेरिकाको काम पनि गर्ने तयारी गरेको छ । नेपाल डाइरेक्टर वलदेव राउतले पछिल्लो समयमा स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेजले सबैको मन जितेको दाबी गरे । ‘हामी अष्ट्रेलिया नै बसेर, जानेर बुझेर आएका छौं त्यसैले पनि हामीले दिएको परामर्श बढी विश्वसनीय हुन्छ भन्ने विद्यार्थीको पनि बुझाई छ’ राउतले भने ‘ हाम्रो कार्यालय अष्ट्रेलिया पनि भएकाले कुनै विद्यार्थीलाई कहिले पनि समस्या परेको छैन, यो हाम्रो सबैभन्दा राम्रो पाटो हो ।’ राउतले कन्सल्टेन्सी क्षेत्रमा भएको विकृति र विसंगतिलाई अन्त्य गर्ने योजना पनि आफूहरुसँग भएको जनाएका छन् । कन्सल्टेन्सीका सल्लाहकार कृष्णबहादुर राउतले विद्यार्थीको सही गन्तव्य आफूहरुको कन्सल्टेन्सी बन्ने बताए ।

ललितपुरको मानभवनबाट सुरु भएको यो स्टडी हव ग्लोवल एजुकेशन एण्ड भिसा सर्भिसेज त्यसपछि काठमाडौंको विशालनगरमा रहेको थियो भनें अहिले भर्खरैमात्र यहाँबाट सेवा सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *