तनहुँ । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले सय जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले आईतबार तनहुँको भानु नगरपालिका ४ स्थित भानु संस्कृत माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा वितरण गरेको हो । क्लबका अध्यक्ष नारायण रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रम माझ भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीले कपडा वितरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख त्रिपाठीले लायन्स क्लबले सामाजिक क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनिय रहेको उल्लेख गर्नुहुँदै लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले भानु क्षेत्रमा आएर गरेको कार्यको सर्हाना समेत गर्नुभयो । त्यसैगरि, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले क्लबले एक हजार थान न्यानो कपडा वितरण गर्ने योजना राखेको बताउनुभयो । कार्यक्रममा नेपाल लायन्स फाउण्डेसनका बिष्णु प्रसाद भण्डारी, भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक एवम् क्लबका निर्देशक शंकर रानाभाट बोल्नु भएको थियो ।
भानुमा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले गर्यो न्यानो कपडा वितरण
२०७९ कार्तिक २७, आईतवार २१:३४ गते २०७९ कार्तिक २७, आईतवार २१:३४ गते २०७९ कार्तिक २७, आईतवार २१:३४ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते