माल्टा,माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई भईपरि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिएर नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएको छ । एनआरएनए माल्टाका निबर्तमान उपाध्यक्ष एबं सफल ब्यावसायी प्रकाश भण्डारीको संयोजकत्वमा २५ सदस्यिय कार्यसमिति आइतवार गठन गरिएको छ ।
उक्त कार्यसमितीको उपसंयोजकमा रेमलाल खनाल,जिके शर्मा,प्रकाश थापा,उपेन गिरी,शर्मिला बस्नेत , शुभाष तिमल्सिना,रिना कार्की,प्रेम बहादुर लिम्बु र मधु गुरुङ रहेका छन भने सदस्यहरूमा हरीप्रकाश बिश्वकर्मा,राजेन्द्र भण्डारी,टिका प्रसाद श्रेष्ठ,तेज माझी,गंगा बहादुर पुन,उदय श्रेस्ठ,सन्जिव पौडेल,रोशन सिजापती,अम्वर बिस्ट,राजेन्द्र बिस्ट,राजेश पंगेनी,शंखर खत्री,भगवान थापा,हरी पौडेल,सचिन श्रेस्ठ र लोकराज पौडेल रहेका छन ।
यहाँ रहेका नेपालीहरुको सुख दुखको साथी बन्न आफुहरु संगठीत भई यो सँस्था खोलेको संयोजक भण्डारीले बताए । उक्त कार्यक्रममा एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्याललगाएत यहाँका समाजसेवी,ब्यावसायी र माल्टामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।
नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन गठन भएपछि आइतवार नै पहिलो बैठक बसी विभिन्न निर्णयहरु गरेको छ । उक्त बैठकले संस्थामा सदस्य सचिव र सल्लाहकार नियुक्ती गर्ने,सँस्था दर्ता गर्ने,सँस्थामा सदस्यता थप्न अभियान संचालन गर्ने,फजुल खर्च कटौती गर्दै सामाजिक कार्य र च्यारिटीमा सहयोग गर्न अभियान चलाउने निर्णय गरेको छ । साथै माल्टामा भई परि आउने समस्या समाधानमा सँस्था सकृय हुने निर्णय गरेको संयोजक भण्डारीले बताए ।