काठमाडौ । विगत १५ वर्षदेखि लोकप्रियता हासिल गर्दै काठमाडौंको काठमाडौं मल,चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा,धनगढी ,सुर्खेतबाट सेवा दिँदै आएको सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसले आइतबार आफ्नो १५ औं वार्षिकोत्सव भब्य रूपमा मनाएको छ ।
नेपालकै उत्कृष्ट ब्युटी सलुन फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद फेसियल हाउसले नेपालको उत्कृष्ट ब्युटी पार्लर बन्न र आफ्नो नाम र प्रतिष्ठा स्थापित गर्न सफल भएको छ । यस अवधिमा यो पार्लरको ब्राण्ड नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय भएको छ ।
फेसियल हाउसको पन्ध्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रबन्ध निर्देशक सुष्मा महरा दुःख र संघर्षका दिन सम्झिएर भावुक बनिन् । फेसियल हाउसलाई सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नु हुदै आफ्नो एकल प्रयासले मात्र यो संभव नभएको र फेसियल हाउसमा कार्यरत कर्मचारी तथा सुभचिन्तकको साथ र मायाले यहाँ सम्म आउन सफल भएको बताउनुभयो ।