काठमाडौं । नेपाली राजदुतावास रियादमा भर्खरै मात्र आफ्नो कार्यभार सम्हाल्न आउनुभएका नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सिलर शरद राज आरणलाई गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए साउदीअरबले एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।
कार्यक्रममा संक्षिप्त सम्बोधन गर्नुहुदै नव आगन्तुक नियोग उप-प्रमुख शरद राज आरणले गैर आबासिय नेपाली संघ र नेपाल सरकार विचको सम्बन्ध, खास गरि परराष्ट्र मन्त्रालय विचको सम्बन्ध सदैव विशिष्ट र सौहार्दपुर्ण रहेकोले एनआरएनए साउदीसंग पनि विगतमा जस्तै राजदुतावासको सम्बन्ध र सहकार्य अझ प्रगाढ, हार्दिक र सौहार्दपूर्ण हुने वताउनु भयो ।
आरणले एनआरएनएले नेपालीका लागि स्वदेश र बिदेशमा आबस्यकता अनुसारको सेवा प्रदान गर्दै आइरहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनसिसि साउदि अरबका अध्यक्ष डम्मर कुमार यादवले नेपाली दुतावास साउदी र नियोग उप-प्रमुख आरणसंग बिगतमा झैं परस्पर सम्बन्ध र सहकार्य गर्न एनआरएन साउदी सधै तयार रहेको प्रतिबद्दता ब्यक्त गर्नुभयो । उनले शेल्टर ब्यबस्थापन देखि स्वदेश फर्कन हवाई टिकट र घर सम्म पुग्न सहयोग दिइएको स्मरण ताजै रहेको जनाउदै आगामी दिनमा पनि भैपरि आउन सक्ने सम्भाबित समस्याको निराकरणमा एनआरएनएले आप्रवासी नेपालीहरु प्रती आफ्नो दायित्व उच्च स्थानमा राखेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै एनआरएनएकि आईसिसी महिला उपाध्यक्ष यास्मिन वेगम शैयदले नियोगमा भर्खरमात्र पद बहाली गर्नुभएका नियोग उप प्रमुख शरद राज आरणलाई स्वागत गर्दै दुई संस्था विचको सम्बन्ध, सहकार्य र समन्वय आउदा दिनमा अझ वढी प्रभावकारी र विशिष्ट हुने अपेक्षा व्यक्त्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका मध्यपूर्ब संयोजक राजेन्द्र अर्यालले नेपाली राजदुतावासले पछिल्ला दिनमा गरेका कार्यहरूको सराहना गर्दै एनआरएनए साउदीसंगको सहकार्य आउदा दिनमा अझै घनिभुत हुने विश्वास व्यक्त्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाली दुतावासका प्रथम सचीव ऋषिराज आचार्य, द्वितीय सचिव भुपेन्द्र घिमिरे, एनआरएनका अभियन्ता तथा एनआरएन साउदीका संस्थापक राजु शैयद , संस्थापक विमल गौतम, उपाध्यक्ष रबिना अर्याल, उपाध्यक्ष राम बहादुर क्षेत्री तथा युवा संयोजक हेम सुवेदीलगाएतको स्वागत कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाली राजदुतावासको सभाहलमा आयोजित उक्त कार्यक्रममा नियोग उप-प्रमुखलाई खादा ओढाएर स्वागत गरिएको थियो ।
स्रोत: जनसवाल दैनिक