काठमाडौँ । कतारमा रहेका नेपाली व्यवसायीहरुको साझा सँस्था नेपाल व्यवसायी संघ कतारको वार्षिक साधारण सभा तथा नयाँ वर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रम संपन्न भएको छ । शुक्रबार दोहा स्थित होटल रेडिसन ब्लुको सभाहलमा एक वृहत कार्यक्रमका विच उक्त कार्यक्रम सम्पन्न भएको हो । कतारमा रहेका नेपाली ब्यावसायीलाई एकताको शुत्रमा बाँधेर मर्यादित र सफल व्यवसायी बनाउने ऊद्देश्यले उक्त सँस्था स्थापित गरी कतारमै दर्ता गरिएको हो ।
नेपाली राजदूतावासका कार्यवाहक राजदूत तथा नियोग उपप्रमुख लक्ष्मण खनालको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोभिड १९ को समयमा योगदान दिनुहुने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
संघका उपाध्यक्ष एबं गैर आवासीय नेपाली संघ एनआरएनएका युवा उपाध्यक्ष राज रेग्मीको स्वागत मन्तव्यबाट कार्यक्रमको शुरुवात गरिएको थियो । स्वागत मन्तव्य गर्दै उपाध्यक्ष रेग्मीले उपस्थित सबैलाई स्वागत गर्दै ब्यावसायिक एकता नै बल भएको बताए । उक्त कार्यक्रममा नेपाली दुतावासका दितिय सचिव प्रविण भट्टराई , एनएई कतारका अध्यक्ष नासर अल अलि , सफारी ग्रुपका फाईनान्स डाईरेक्टर सुरेन्द्र नाथ राघभार , विश्लेषक समसामयिक मामिलाका सम्पादक असरफ सिद्धिकी तथा नेपाल ईन्जिनियरिङ संघका अध्यक्ष ईन्जिनियर सब्दार ईमाम,संरक्षकद्धय बद्री पाण्डे र समिर मास्के , सल्लाहकारहरु क्रमशः मोहम्मद मुक्तादा मुसलमान, डा. नितेश अर्याल,शंकर प्रसाद न्यौपाने, बिकास प्रसाइ, ई. अर्जुन प्रसाद भट्टराइ र कानुनी सल्लाहकार मोहम्मद रमजान अलि मियालगायतको विशेष आतिथ्यता रहेको थियो । संघको ऊद्देश्य र अहिले सम्मको गतिविधिका बारेमा संक्षिप्त जानकारी संघका उपाध्यक्ष भोज बहादुर नेपालले प्रस्तुत गरेका थिए । कार्यक्रममा ५७ जना ब्यक्ति एवं संस्थाहरुलाई सम्मान गरिएको थियो ।
उक्त सम्मान कोभिड १९ को समयमा कतारमा समस्यामा परेका श्रमिकहरुलाई खाध्यान्न, हवाई टिकट, आवास लगायत विभिन्न तवरले सहजिकरण व्यक्तिहरुलाई गरिएको सँस्थाका महासचिव रमेश भट्टले बताए । त्यस्तै सम्मानकै क्रममा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका मार्फत कोभिड १९ को विषम परिस्थितिमा नेपाली रुपैयाँ एक करोड २० लाख बराबरको स्वास्थ्य सामाग्री नेपालका विभिन्न स्थानमा पुर्याई नेपालीहरुको प्रत्यक्ष स्वास्थ्य सेवामा टेवा पुर्याऊन आर्थिक सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाली राजदूतावास परिवार, उपस्थित विशेष अतिथि गण, संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारी लगायत सम्पुर्ण कार्यसमति, संघमा आवद्ध सम्पुर्ण सदस्यहरु, कार्यक्रमलाइ सहजिकरण गर्नु हुने संघ महासचिव रमेश भट्ट र बिजय राज अधिकारी लगाएत कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न प्रत्यक्ष प्रसारण गरी सहयोग गर्ने सम्पुर्ण मिडियाहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा संघले हार्दिक आभार एवं कृतज्ञता ब्यक्त गरेको छ ।
कार्यक्रममा उपस्थित अतिथीहरु र सम्मानित सबैले नेपाल व्यवसायी संघ कतारको खुलेर प्रंशसा गरेका थिए ।उनिहरुले संघका अध्यक्ष चम्लागाई र महासचिव भट्टले संघलाई दिएको समय र गरेको कार्यको चर्चा परिचर्चा गर्दै आगामी दिनमा पनि यस्तै नतिजायुक्त कार्य गर्न आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष चम्लागाईले आफ्नो अभियानमा साथ दिने सबै कार्यसमितिका पदाधिकारी,ब्यावसायीहरु,नेपाली राजदुतावास कतार ,कतारमा रहेका विभिन्न संघ सँस्था र नेपाल सरकारलाई धन्यवाद ब्यक्त गर्दै उपस्थित सबै प्रति आभार ब्यक्त गरे । उनले आगामी दिनमा संघले धेरै काम गर्ने योजना बनाएकाले साथ र सहयोगको लागी पनि आग्रह गरे ।