काठमाडौँ ,नेकपा माओवादी केन्द्रका उपमहासचिव एबं पूर्वअर्थमन्त्री जनार्दन शर्मा र नेकपा एसका नेता प्रकाश ज्वालाले वैदेशिक रोजगार व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने बताउदै माघ ६ गते हुने बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा. ईश्वर जिसी को प्यानललाई बिजय गराउन आग्रह गरेका छन । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा. ईश्वर जिसी व्यवसायी प्यानलको उम्मेदवारी घोषणा सभामा बोल्दै नेकपा माओवादी केन्द्रका नेता शर्माले मेनपावर व्यवसायीले श्रमिकको हितमा काम गर्नुपर्ने बताए । मेनपावर व्यवसायी र श्रमिकहरूबीच सम्बन्ध सुमधुर हुनुपर्छ ।
मेनपावर व्यवसायीहरु मजदुरहरू कतै नठगिउन् भनेर सजग हुनुपर्याे । मजदुरहरूको हितका लागि काम गर्नुपर्छ शर्माले भने, ञएकातिर व्यवसायीले मजदुरको हक हितको लागि ध्यान दिनुपर्छ र सरकारले पनि व्यवसायीका समस्या समाधानका लागि ध्यान दिनुपर्छ ।झअहिलेको जीसीको टिम निकै नै सशक्त भएकाले हेर्दै चुनाव जितिसकेको जस्तो लागेको उनको भनाइ छ । अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको प्रक्रियामा रहेको उनले दावी गरे । दुवै पार्टीहरू एकतामा पु¥याउने भएकाले यो सुरुवात भएको बताए । अहिले पार्टी अध्यक्षलाई जुनखालको विश्वासको मत प्राप्त भएको छ त्यसले सरकारलाई नयाँ जिम्मेवारी प्राप्त भएको बताए । वर्तमान सरकारले रोजगार व्यवसायीका तमाम समस्याबारे जानकार रहेको उनको भनाइ छ । सेवा शुल्क सुरुमा राम्रो देखिएको छ तर समग्ररूपमा समस्याग्रस्त देखिएको छ । पारदर्शी ढङ्गबाट शुल्क सम्बन्धी समस्याको हल गरिने शर्माले बताए । रोजगारीमा मेडिकलको समस्या छ,स्वीकृतिको समस्या छ यि लगाएत तमाम समस्याहरूको हल गर्नुपर्ने भएकाले सरकार अगाडि बढ्ने शर्माले बताए ।
शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सको महत्वका विषयमा पूर्णरूपमा जानकार रहेको भन्दै वैदेशिक रोजगार व्यवसायीले सामना गरिरहेका समस्या समाधानका लागि तत्पर रहेको बताए । वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट मेनपावर व्यवसायीहरू प्यानल नै बनाएर अघि बढेका छन । डा. ईश्वर जिसीको नेतृत्वमा दुवै पार्टीका रोजगार व्यवसायीहरू चुनावमा होमिएका छन । देश विकासको आधार सम्मानित वैदेशिक रोजगार’ भन्ने मुल नाराका साथमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंच, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले व्यवसायी जिसीको नेतृत्वमा आफ्नो प्यानललाई पूर्णता दिएको छ । सो प्यानलको प्रथम उपाध्यक्षमा मंचका अध्यक्ष कान्तिपुर मेनपावर प्रा.लि.का सञ्चालक धनलाल जैसी, द्वितीय उपाध्यक्षमा सुप्रिम ओभरसिज प्रा.लि.का बाबुराम खड्का, तृतीय उपाध्यक्षमा कन्फिडेन्ट इन्टरनेशनल प्रा.लि.का अनिल बोगटी, महासचिवमा इम्प्लोइमेन्ट लिंक नेपालका मधुकर रिजाल, सचिवमा अजम्बरी ओभरसिज प्रा.लि.का टक्कर बहादुर पाख्रिन र कोषाध्यक्षमा इम्पावर ह्युमन रिसोर्सेज प्रा.लि.का केदारनाथ अधिकारी रहेका छन् ।
सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनल प्रा.लि.का फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रा.लि.का एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेज प्रा.लि.का प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रा.लि.की देवी माया थापा, शिभम इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का शिव बहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रा.लि.का सरोज कुशवाह रहेका छन् । जिसी नेतृत्वको प्यानलले विभिन्न प्रतिबद्धता समेत जाहेर गरि ब्यावसायीमाझ पुगेको छ ।
उम्मेदवार परिचयात्मक कार्यक्रममा अध्यक्षका उम्मेदवार जिसीले वैदेशिक रोजगारलाई ब्यबस्थित बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । आफ्नो प्रमुख उद्देश्य व्यवसायीको सामाजिक प्रतिष्ठा अभिवृद्धि गरेर व्यवसायीहरूको शिर ठाडो पार्नु नै रहेको बताउँदै अध्यक्षका उम्मेदवार डा. जिसीले त्यसका लागि सबैभन्दा पहिला संघको नेतृत्वलाई सुधार्न पर्ने भएकोले उम्मेदवारी दिएको बताए । एक कार्यकाल संघको सचिवको जिम्मेवारी सम्हालेका जिसीले वैदेशिक रोजगार क्षेत्रलाई ठूलो सेवा क्षेत्र बनाउन यस क्षेत्रमा आमूल परिवर्तन गर्ने दावी गरेका छन ।
आफ्नो प्यानल विजयी भएमा कुनै पनि प्रकारको सिण्डिकेट लाग्न नदिने, संघको भवन निर्माण गर्ने, संख्या सयको प्रावधान खारेज गर्ने, कामदारको महिनाको तलब बराबर हुने गरी सेवा शुल्क परिमार्जन गराउने, वैदेशिक रोजगारका कसुरलाई फौजदारी कानून अन्तर्गत नभई देवानी तथा वाणिज्य कानून अन्तर्गत फर्छ्यौट गराउनुपर्ने, संघको मध्यस्थतामा उजुरी प्रतिनिधिमार्फत फर्छ्यौटको व्यवस्था गराउने, पूर्व स्वीकृतिसम्बन्धी दफा १५ देखि १९ सम्मको व्यवस्था खारेज गरी रोजगार सम्झौता अनुसार एकैपटक अन्तिम श्रम स्वीकृति गर्ने नियम बनाउने, धरौटी वृद्धिपछि छुट्टाछुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्थाको अन्त्य गराउने लगाएतका एजेण्डा रहेको जिसीले बताए । डा. जिसी प्यानलका चुनावी संयोजक नरेन्द्र राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद प्रकाश ज्वाला, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका संस्थापक दिलप्रसाद पोखरेल, नेकपा माओवादी केन्द्र वैदेशिक रोजगार फाँटका इन्चार्ज लक्ष्मण पन्तलगायत बरिस्ठ ब्यावसायीको उपस्थिति रहेकोे थियोे ।
उक्त कार्यक्रममा प्रथम उपाध्यक्षका उम्मेदवार जैसीले हाल व्यवसायी समस्यामा परेकोले उक्त समाधानका लागी उम्मेदवारी दिएको बताए । द्वितीय उपाध्यक्ष बाबुराम खड्काले सबै व्यवसायीसँग हातेमालो गर्दै विगतका समस्याको समाधान गर्दै अगाडी बढ्ने बताए । खड्काले ब्याबसायिक हक हितकै लागि आफ्नो उम्मेदवारी रहेको बताए । तृतिय उपाध्यक्षका उम्मेदवार बोगटीले वैदेशिक रोजगार व्यवस्थित नभए अर्थतन्त्र तहशनहश हुने भन्दै नेपाली दूतावासहरूको भूमिका सकारात्मक बनाउदै अगाडी बढनुपर्ने बताए । राज्यले रोजगारी सिर्जना नगरेका कारणले बैदेशिक रोजगारी बाध्यता भएको भन्दै बोगटीले आफूहरूको प्यानल विजयी भएमा सरकारसँग खबरदारी र सहयोग दुबै सम्बन्ध राखि अगाडी बढ्ने बताए । महासचिवका उम्मेदवार रिजालले संघबाट व्यवसायीको हितका लागि लविङ गर्ने प्रतिवद्धता जनाउदै महासचिवको जिम्मेवारी संघलाई चलायमान बनाउने भएकाले संघको कर्पाेरेट सोसल रेस्पोन्सिबिलिटी पूरा गर्ने दावी गरे । ऊनले व्यवसायीहरूलाई एकतावद्ध पारी देखिएका समस्याको समाधान पहिल्याउने बताए । कोषाध्यक्षका उम्मेदवार अधिकारीले आर्थिक पारदर्शिता कायम गर्दै संघको भवन बनाउने दावी गरे ।