मलेसिया । बिगत २ दशकदेखी मलेसियामा बसी सामाजिक कार्य र ब्यावसाय गर्दै आएका एनआएनए मलेसियाका अध्यक्ष बिनोद थापा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका छन ।
एनआएनए मलेसियाका अध्यक्ष थापालाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत २ दशक देखी सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो ।
उक्त कार्यक्रममा सम्मानित भएका थापालाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड प्रदान गरेका हुन ।
उक्त कार्यक्रममा मलेसियामा रहेका दर्जनौ संघ सँस्था हरुको प्रतिनिधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो ।
थापाले नेपालका विभिन्न क्षेत्रमा र मलेसियामा सेक्युरिटी कम्पनी संचालन गरिरहेका छन । थापाले ब्यावसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्दै बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।
सामाजिक क्षेत्रहरुमा थापाले गरेको योगदानको उच्च मूल्यांकन गदै यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले जनाएको छ । उक्त सम्मान पाएपछी खुशी ब्यक्त गर्दै थापाले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा कृयाशिल रहने बताए ।
उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा थापालगाएत सामाजिक कार्यमा लागेका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
