जनयुद्ध दिवस’को अवसरमा दीप प्रज्वलन

२०७९ फाल्गुन १, सोमबार २२:१५ गते २०७९ फाल्गुन १, सोमबार २२:१५ गते २०७९ फाल्गुन १, सोमबार २२:१५ गते

काठमाडौ । २८ औँ जनयुद्ध दिवसको अवसरमा तारकेश्वर नगरपालिका-११ लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ। दश वर्षे माओवादी सशस्त्र द्वन्द्वको आज २८ वर्ष लागेको अवसरमा दीप प्रज्वलन गरेको हो।
जनयुद्ध दिवसको अवसरमा जनयुद्धमा साहदत प्राप्त गर्ने शहीदहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको नेकपा काठमाडौ -२ का इन्चार्ज तथा पाटीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकालले जानकारी दिए।

२०५२ फागुन १ गतेबाट तत्कालिन माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्व शुरु गरेको थिए। सो समयमा शहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको पनि बताए।

राजनीतिक परिवर्तनमार्फत समतामूलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता, दश वर्षे ‘जनयुद्ध’ र दोस्रो जनआन्दोलन पछि प्राप्त भएको र संसदीय ब्यबस्थाको बिकल्पमा बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नुपर्ने संर्घष गरिएको ढकालले बताए।

दीप प्रज्वलन कार्यक्रममा जिल्ला सदस्य ,नगर समिति सदस्यहरु बिभिन्न जनबर्गीय संगठनका सदस्यहरु साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *