विप्लव नेतृत्वको युवा संगठन नेपालको पाँचौ पुर्ण बैठक सम्पन्न

२०७९ फाल्गुन ९, मंगलवार ०९:०५ गते २०७९ फाल्गुन ९, मंगलवार ०९:०५ गते २०७९ फाल्गुन ९, मंगलवार ०९:०५ गते

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपालको केन्द्रीय कार्यलयमा शनिबारदेखि शुरूवात भएको पाँचौ पुर्ण बैठक सम्पन्न भएको छ।

युवा संगठन नेपालका अध्यक्ष पाटन सी को अध्यक्षतामा नेकपा स्थायी समिति सदस्य तथा फ्याक्सन इन्चार्ज शिलु सी को प्रमुख अतिथि संगठनका पुर्व फ्याक्सन इन्चार्ज तथा नेकपा पोलिटव्युरो सदस्य उपत्यका ब्यूरो इन्चार्ज कृति सी, लगाएतको अतिथिहरूको उपस्थितिमा ऐतिहासिक पाँचौ पुर्ण बैठक सम्पन्न भएको छ।

बैठकले संगठनको हकमा केन्द्रिय महासचिवमा तिलक सी केन्द्रिय सचीवमा बिश्लेसन सी केन्द्रिय कोषाध्यक्षमा सुबास सी लाई सर्बसहमत निर्बाचित गराएको छ ।

तिन दिनसम्म चलेको पाँचौ बैठकमा बोल्दै अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाइ बधाई तथा २८औं जनयुद्ध दिवसको शुभकामना दिदै । रास्ट्रीय स्वाधीनताको रक्षा,महङ्गी,भ्रस्टाचार बैदेशिक रोजगारमा रहेका युवाहरुको समस्य, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर बृद्धि, एमसीसी SPP मिटर ब्याजि लगाएतका समस्याहरु विरुद्ध कार्यक्रम तय पर्नेमा जोडदिनु भयो । नेकपाको हालै सम्पन्न केन्द्रिय समितिको तेस्रो बैठकले तय गरेको ६ महिने आवधिक योजनाका लक्ष्यहरुलाई पुरा गर्न, युवा अधिकार र युवा आन्दोलनका मुद्दाहरूमा र वैदेशिक रोजगारीमा समस्यामा परेकाहरु लाई उदार गर्ने लागु औषध दुव्र्यसनिमा परेका लाई नव जीवन घर बनाई सुधार गर्ने कल सेन्टर राख्ने जेल ब्रेक् देश व्यापी भब्यरूपमा मनाउने लगायत महत्त्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *