नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतलाई द वेस्ट नेपाली सेफ अफ दी इअर सम्मान

२०७९ चैत्र ३०, बिहीबार १४:५२ गते २०७९ चैत्र ३०, बिहीबार १४:५२ गते २०७९ चैत्र ३०, बिहीबार १४:५२ गते

काठमाडौँ, ३० चैत्र । नेपाली खानको प्रवद्र्धन र अन्तराष्ट्रियकरणमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै नेपाली फुड गुरु तथा ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालका अध्यक्ष सुरेशचन्द्र बस्नेतलाई द वेस्ट नेपाली सेफ अफ दी इअरका रुपमा सम्मानति गरिएको छ ।

ग्यालेक्सी एक्सेलेन्सी अवार्ड सिजन टु अन्र्तगत राजधानीमा बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूति मन्त्री रमेश रिजाल, कलाकार मदनकृष्ण श्रेष्ठ, किरण कसी, गीटा एभिएसनका प्रवन्द निर्देशक जनक अधिकारी र आयोजक कमिटिका अध्यक्ष सोनीतराज ढुंगेल लगायतले सर्टिफिकेट र ट्र«फि सहित सम्मान गर्नुभएको थियो ।

त्यसैगरी सोही अवसरमा द बेस्ट इन्टरनेशनल सेफ अप दि इअरका रुपमा सेफ भावी खनाललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा समाजका व्यापार, शिक्षा, चलचित्र, स्वास्थ्य, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा योगदान पुरयाएका पत्रकार ऋषि धमला, कलाकार स्वस्तीमा खड्का, प्रदीप खड्का, गायका सीताराम पोखरेल, विशाल भण्डारी र दीपाश्री निरौला लगायतलाई सम्मान गरिएको थियो ।

मौलिक नेपाली खानालाई बिश्वब्यापी चिनाउन लागि परेका शेफ सुरेश चन्द्र बस्नेत मर्करी न्यूजको विशेष संस्करण EAT patriko 1-50 शीर्ष सूचीमा पर्न सफल भएको कालोफोर्नियाको Fremont city मा खोलिएको मोमो एण्ड कबाब रेस्टुरेन्टमा कार्यरत हुनुहुन्छ । सम्मानित बस्नेत हाल अमेरिका रहनु भएकोले उत्त अवार्ड वहाँको भाई सुर्य चन्द्र बस्नेतलाई प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *