एआईजी ज्ञवाली विरुद्दको मुद्दामा अख्तियारद्वारा क्लिनचिट

२०८० बैशाख २३, शनिबार २३:४८ गते २०८० बैशाख २३, शनिबार २३:४८ गते २०८० बैशाख २३, शनिबार २३:४८ गते

काठमाडौँ,नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीको नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ । उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं.c-०४३७४७, मिति २०७९/११/१४ मा दर्ता भएको थियो । नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अख्तीयारले प्रारम्भिक छानबिन सम्पन्न गरि आयोगको मिति २०८०/०१/१४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९१३० बमोजिम उक्त मुद्दा तामेलीमा राखीएको जानकारी गराईएको छ ।


उक्त जानकारी अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय,नक्साललाई बैशाख १५ गते पत्र लेखी उजुरी तामेलीमा राखेको जनाएको छ ।
उक्त मुद्दामा क्लिनचिट पाएपछी एआईजी ज्ञवालीले आफुलाई अख्तियारले न्याय दिलाएकोमा खुशी ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *