नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेद्धारा कृषिकार्यमा रहेका पोर्चुगलका नेपालीको अवस्थाबारे जानकारी

२०८० जेष्ठ १३, शनिबार २१:२९ गते २०८० जेष्ठ १३, शनिबार २१:२९ गते २०८० जेष्ठ १३, शनिबार २१:२९ गते

काठमाडौँ, १३ जेठ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले पोर्चुगलमा रहेर कृषिकार्य गरेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको छ ।

पोर्चुगल पुग्नुभएका पाण्डेले पोर्चुगलको अलेनतेजो सहरमा अन्तरक्र्रिया कार्यक्रम भाग लिई कृषिकार्यमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको हो ।

कार्यक्रममा पोर्चुगल एनआरएनएका सहसंयोजक तिलक गैरे, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकील केसी, केन्द्रीय सदस्य कुमार खत्री , क्षेत्रीय अध्यक्ष प्रकाश पौडेल ,एनआरएनए क्षेत्रीय अध्यक्ष कारीराम वन कोषाध्यक्ष नरेन्द्र गिरि लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *