गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ बीच सम्झौता

२०८० जेष्ठ १८, बिहीबार २१:३९ गते २०८० जेष्ठ १८, बिहीबार २१:३९ गते २०८० जेष्ठ १८, बिहीबार २१:३९ गते

काठमाडौं । गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ बीच सम्झौता सम्पन्न भएको छ। नेपाल रग्वी संघको मान्यता प्राप्त डिभिजन १ र काठमाण्डौ जिल्ला ११ मा दर्ता रहेको यस गोर्खाली रग्वी क्लब र नेपाल रग्वी संघ कर्णाली प्रदेश विच सम्झौता भएको हो। गोर्खाली रग्वी क्लबले कर्णाली प्रदेश रग्वी संघलाई त्यस प्रदेशका ग्रासरुट देखी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा समेत भाग लिन सक्षम बनाउनको लागि प्राविधिक सहयोग गर्ने रहेको छ।

प्रदेशमा नयाँ खेलाडी उत्पादन, खेलाडी प्रमोसन साथै कर्णाली प्रदेशमा रग्वी प्रबद्धनको लागि आवश्यक प्राविधिक सहयोगका साथै रग्वी विकासको लागि यस गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ विच सम्झौता भएको क्लबका सचिव प्रेम काेइरालाले बताउनु भयाे । यस्तो छ सम्झौता

१.गोर्खाली रग्वी क्लब र कर्णाली प्रदेश रग्वी संघ विच भएको सम्झैताको मूख्य उद्धेश्य १० औँ राष्ट्रिय प्रतियोगितामा सहभागि जनाई प्रदेशलाई उत्कृष्ठ बनाउने ।

२.गोर्खाली रग्वी क्बलको आयोजना तथा गोर्खाली रग्वी क्लबले राष्ट्रिय क्लब प्रतियोगितामा सहभागि जनाउँदा वा आयोजना गर्दा क्लबलाई कर्णाली रग्वी संघले आर्थिक तथा भैतिक सहयोग गर्नेछ ।

३.कर्णाली प्रदेशमा रग्वी खेलको विकास र विस्तारका साथै क्लब र प्रदेश विच विभिन्न समयमा रग्वी एक्सचेन्ज प्रतियोगिताहरु आयोजना गर्नुका साथै रग्वी विकासको लागि प्रबर्दन गर्ने ।

४.गोर्खाली रग्वी क्लबले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेशले प्राविधिक,आर्थिक,भैतिक सहयोग गर्ने ।

५.बागमती प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल रग्वी संघको सह–आयोजकमा मिति २०८० जेष्ठ २० र २१ गते हुन गईरहेको दोश्रो वागमती प्रदेश राष्ट्रिय महिला÷पुरुष रग्वी सेभेन्स प्रतियोगितामा गोर्खाली रग्वी क्लबले प्राविधिक सहयोग गर्ने गराउने ।

६.नेपाल रग्वी संघ कोशी प्रदेशको आयोजनामा मिति २०८० जेष्ठ २६ र २७ गते हुन लागेको यू २० राष्ट्रिय रग्वी प्रतियोगिता–२०८० को लागि यस क्लबका जुनियर खेलाडीहरुले कर्णाली प्रदेश रग्वी संघबाट प्रदेशको प्रतिनिधित्व गराउन सहयोग गर्ने ।

७.गोर्खाली रग्वी क्लबले कर्णाली प्रदेश रग्वी संघलाई आवश्यक पर्ने सवै प्रकारको भौतिक आवश्यक जनशक्तीको सहयोग गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *