विष्णु खत्रीको ‘लुम्बिनी’मा पल शाह र सनिशाको उत्कृस्ट अभिनय

२०८० जेष्ठ २४, बुधबार २१:१४ गते २०८० जेष्ठ २४, बुधबार २१:१४ गते २०८० जेष्ठ २४, बुधबार २१:१४ गते

काठमाडौँ,चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुन । उक्त एल्बममा शब्द, सङ्गीत र आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन ।
उक्त एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृस्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन ।

Bishnu Khatri नामक युट्यूब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्यूब च्यानलमा सार्वजनिक गरिएको २ दिनमै चार लाखले उक्त गीत हेरिसकेका छन । उक्त गितले करोड क्लब नाघ्ने आंकलन गरिएको छ ।
उक्त गीतलाई आफ्ना पुराना गीतहरु जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरुमा गायक खत्रीले अनुरोध गरेका छन । खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउदै गीतलाई उत्कृस्ट बनाउन अथाह मिहेनत गरेको बताए । आफ्ना अघिल्ला एल्बमजस्तै युटुबकाे ट्रेन्डिङ नं १ देखि कराेड कल्ब माथिसम्म पुर्याउन दर्शक स्रोताहरुले दिएकाे अपार माया प्रति आभार र कृतज्ञता प्रकट गर्दै खत्रीले याे गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन ।
बिगत २५ वर्षदेखी लोकदोहोरीको क्षेत्रमा कृयाशिल खत्रीको प्राय सबै सिर्जनाहरु संदेशमुलक हुने गरेका छन । उनको सबै एल्बमहरु नेपाली स्रोताहरुले मन पराउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *