डेरी दर्पण पुस्तक विमोचन कृषि मन्त्री भुषालले गरे

२०८० असार १०, आईतवार २२:०४ गते २०८० असार १०, आईतवार २२:०४ गते २०८० असार १०, आईतवार २२:०४ गते

काठमाडौं । २०८०- असार १०, नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अंक “डेरी दर्पण” पुस्तक विमोचन कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री डा. बेदुराम भुसालज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता रहेको कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अतिथिका रुपमा डा.राजेन्द्र प्रसाद यादव, राष्ट्रिय दुग्ध विकास बोर्ड, कार्यकारी निर्देशक, सम्झना कुमारी काफ्ले, पशु सेवा विभाग महानिर्देशक, हेमराज ढकाल, वस्तुगत संघ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, कृषि उद्याम केन्द्रका सभापति डि.बि बस्नेत, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, उपाध्यक्ष भगिरथ तिमल्सिना, महासचिव राम आचार्य, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, भेटनरी एसोसिएसन अध्यक्ष रामकृष्ण खतिवडा,नेपाल डेरी एसोसिएसन, नि.अध्यक्ष, राधाकष्ण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत संघका उपाध्यक्ष एवं कार्यकारीणी सदस्यहरुलाई सम्मान गरियो । कार्यक्रममा मन्तव्यको क्रममा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुग्ध क्षेत्र एक संवेदनशिल क्षेत्र रहेको र यो क्षेत्रको एक मात्र सरोकारवाला निकाय राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजी प्रक्रिया अविलम्ब रोक्नुपर्ने कुरामा जोड दिए । महासंघका बस्तुगत उपाध्यक्ष ढकालले नेपाल डेरी एसोसिएसन बस्तुगत तर्फको एक सक्रिय सदस्य रहेको र हरेक कुरामा अगाडि बढ्ने कुरा जनाउँदै नेपाल उद्योग मैत्री नभएको कुरा मन्त्री समक्ष बताए ।

दुग्ध क्षेत्रमा एसोसिएसन भुमिका अत्यन्तै महत्वपूर्ण रहेको कुरा बताउँदै हालको अवस्थामा दुध बढि भएको र यसको लागि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताए सुन्दा आफूलाई अचम्म लागेको बताउँदै कृषि उद्योम केन्द्रका उपसभापति राजकुमार कार्कीले छलफल गरि समस्या हल गर्न मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा महासंघका बोर्ड सदस्य एवं सभापति शिव घिमिरेले पनि शुभकामना दिंदै एसोसिएसनको गतिविधिले नै संस्था चलायमान हुने कुरा बताए । केन्द्रिय दुग्ध उत्पादक सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको मन्तव्यको क्रममा डेरी व्यवसायमा नेपाल डेरी एसोसिएसनको भुमिका ठूलो रहेको र चौथो अंक डेरी दर्पण बिमोचनको शुभकामना दिंदै राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गरे आन्दोलन गर्ने भन्दै खारेज नगर्न मन्त्रीलाई आग्रह गरे ।

त्यसैगरी नेपाल डेरी एसोसिएसन, नि।अध्यक्ष, राधाकष्ण सापकोटाले बिमोचनको अवसरमा दुग्ध क्षेत्रको समसामयीक विषयमा केन्द्रित रहि कार्यपत्र पेश गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्ष गराए भने पूर्व अध्यक्ष सुमित केडियाले मन्त्रीलाई नितिगत सुधारका लागि अनुरोध गर्दै बोर्ड खारेजीको कुरामा आपत्ती जनाए । कार्यक्रममा सभापति नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले समग्र डेरी क्षेत्रलाई चाहिने सबै कुरा समेटेर छापिएको डेरी दर्पणमार्फत दुग्ध व्यवसाय र यस क्षेत्रमा लागेका सरोकारवालाहरुका लागि उपयोगी हुने धारणा राखे । कार्यक्रमका प्रमूख अतिथि कृषि तथा पशुपंक्षी मन्त्री माननीय डा. बेदुराम भुसालले नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अंक डेरी दर्पण बिमोचनको शुभकामना सहित दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको र आगामी दिनमा पनि साथ रहने कुरा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *