अपाङ्गता भएका महिलाहरूको अधिकार संरक्षणका लागि अन्तरक्रिया

२०८० असार २३, शनिबार ०७:१९ गते २०८० असार २३, शनिबार ०७:१९ गते २०८० असार २३, शनिबार ०७:१९ गते

भूमिकला पौडेल – राष्ट्रिय महिला आयोगको आयोजनामा अपाङ्गता भएका महिलाहरूको हकअधिकार संरक्षण विषयक सरोकारवाला निकाय बिच अन्र्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका महिलाहरूको हकअधिकार के कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धमा छलफल गर्नका लागि सो अन्तरक्रिया आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि तथा महिला तथा सामाजिक मामिला समितिका सभापति रोशन कार्कीले अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई सबै निकायहरूले प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुहुँदै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अपाङ्गता भएका महिलाहरूले भोग्दै आएको समस्या तथा विभेद अत्यन्तै जटिल रहेकोले त्यसको न्यूनीकरणका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी राष्ट्रिय महिला आयोगकी सदस्य विद्या कुमारी सिन्हाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुहँुर्दै अपाङ्गता भएका महिलाहरूको समस्या तथा चुनौतीहरूलाई संवोधन गर्न राष्ट्रिय महिला आयोगले सम्बन्धित सबै निकायहरूसँग समन्वय गर्दै काम गर्ने बताउँनु भयो ।
कार्यक्रममा महिला बालबालिका विभागकी निर्देशक निरा अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क नआउँदा उनीहरूका समस्याहरू पनि उचित रूपमा संवोधन हुनु नसकेको स्पष्ट पार्नुहुँदै अपाङ्गता भएका महिलाहरू माथि हुने विभिन्न प्रकारका हिंसाहरू रोक्नका लागि दीर्घकालीन समाधानका उपायहरू अवलम्वन गर्न जरूरी भएको बताउनु भयो । त्यसैगरी संविधान सभा सदस्य इन्द्रमाया गुरूङ्गले राज्यका सबै संरचनाहरू अपाङ्गतामैत्री बनाउँन तथा अपाङ्गता सम्बन्धी बनेका कानुनी प्रावधानहरूको व्यवहारिक कार्यान्वयन गर्नमा जोड दिनुभयो ।
सो कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाको वर्तमान अवस्था, समस्या, चुनौती र अपाङ्गता भएका महिलाको अधिकार प्रवर्धन गर्नका लागि अवलम्बन गर्नु पर्ने उपायहरूका विषयमा एक प्रश्तुतीकरण दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *