काठमाडौँ । सरकारी दस्तखत किर्ते कसुरमा नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (क) का सभापति नारायण गुरुङ (दिर्घमान) जेल चलान भएका छन् । साविक गोरखा आँपपिपल गाउँ विकास समिति वडा नं २ हाल पालुङटार नगरपालिका वडा नं ३ घर भएका गुरुङले नागरिकता, पासपोर्टलगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ गरी डिल्लीबजार जेल चलान गरिएको हो । विस २०६१ जेठ १८ गतेको अदालतको फैसलाअनुसार एक वर्षका लागि कैद सजायाँ गरिएका सन्तबहादुर गुरुङका छोरा ४५ वर्षीय नारायण गुरुङलाई गत असार २० गते प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी कैद भुक्तानका लागि डिल्लीबजार जेल चलान गरेको हो । पक्राउ नारायण काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँ बसपार्कस्थित गोरखा लिगलिग होटल, पोखराको होटल गोवा र पालुङटारको लिगलिग रिसोर्टका सञ्चालक समेत हुन् ।
सरकारी दस्तखत किर्तेमा गोरखा कांग्रेसका प्रदेश सभापति नारायण गुरुङ जेल चलान
२०८० श्रावण ११, बिहीबार १३:२४ गते २०८० श्रावण ११, बिहीबार १३:२४ गते २०८० श्रावण ११, बिहीबार १३:२४ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते